अनेरास्ववियूले भन्यो: निजि मेडिकल कलेज अब सरकारले लिनुपर्छ - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

अनेरास्ववियूले भन्यो: निजि मेडिकल कलेज अब सरकारले लिनुपर्छ



काठमाडौं । सत्तारूढ नेकपाको सङ्गठन अनेरास्ववियूले निजि मेडिकल कलेज सरकारले संचालन गर्न माग गरेको छ । बिहीबार अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले विज्ञप्ति जारी गर्दै सरकारसंग यस्तो माग गरेका हुन् ।

निजी मेडिकल कलेज सञ्चालकहरुले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने भनेपछि अनेरास्ववियूले सरकारलाई यस्तो आह्वान गरेको हो । अनेरास्ववियुको यो कदमको सर्वत्र प्रशंशा भैरहेको छ ।

ऐन महरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राज्यको नीति नियममा बसेर साँच्चिकै कलेज चलाउन नसक्ने हो भने राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधान समेतलाई दृष्टिगत गर्दै त्यस्ता कलेजहरुको जिम्मा लिएर आफैं सञ्चालन गर्न वा राज्यको नीति नियम मान्ने अन्य निकायलाई सञ्चालन गर्ने जिम्मा दिन नेपाल सरकारलाई आहृवान गर्दछौं ।’

तोकिदिएको भन्दा बढी शुल्क लिन नपाउने निर्णय सरकारले गरेपछि निजी मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थी भर्ना नगर्ने र कलेजको साँचो सरकारलाई बुझाउने घोषणा गरेका छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४१ को उपदफा २ बमोजिम शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्न सक्ने व्यवस्था छ ।