सर्वोच्चको आदेश: निजगढ विमानस्थलका रुख नकाट्नु, सबै प्रक्रिया रोक्नु - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

सर्वोच्चको आदेश: निजगढ विमानस्थलका रुख नकाट्नु, सबै प्रक्रिया रोक्नु



काठमाडौं- सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण गरिने स्थलको रुख नकाट्न आदेश जारी गरेको छ। बारामा निर्माण गरिने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि यस्तो आदेश जारी गरेको हो ।

शुक्रबार निजगढ विमानस्थलविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले रुख नकाट्न आदेश दिएको हो। त्यस्तै, निजगढ विमानस्थल निर्माणका सबै प्रक्रिया तत्कालका लागि रोक्न पनि सर्वोच्च अदालतले आदेश दिएको छ।

सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निजगढमा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाएको थियो। यसमा लाखौं रुख काटिने भएपछि त्यसका विरुद्ध सर्वोच्चमा रिट दायर गरिएको थियो।

निजगढ बन संरक्षण समितितर्फबाट पूर्वसचिव द्वारिका नाथ ढुंगेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकीले रिट दायर गरेका थिए।