नाइजेरियाको विश्वकप जर्सीको ब्यापक चर्चा - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

नाइजेरियाको विश्वकप जर्सीको ब्यापक चर्चा



मस्को (एजेन्सी) – विश्वकप नजिकिंदै जाँदा सहभागी राष्ट्रहरुको तयारी पनि अन्तिम चरणमा पुगेको छ । यसक्रममा नाइजेरियाले पनि आफ्नो तयारी जारी राखेको छ । तर केहि दिनयता भने नाइजेरियाका खेलाडीले भन्दा जर्सिले गर्दा टोलीको चर्चा चुलिएको छ ।

विश्वकपमा नाइजेरिया उपाधिको लागि दावेदार टोली हैन । तर बजारमा नाइजेरियाको जर्सीको माग भने निकै बढेको छ । टोलीको जर्सी सार्वजनिक भएलगत्तै झन्डै ३० लाख मानिसले नाइजेरियाको जर्सीका लागि बुकिङ गरिसकेका थिए । नाइजेरिया फुटबल संघका अनुसार लन्डनको नाइक स्टोरमा हजारौंको संख्यामा दर्शकहरुले लामबद्ध भएर जसी खरदि गरेका थिए ।

नाइजेरियाको होम र अवे दुवै जर्सीको मूल्य ६५ पाउण्ड तोकिएको छ । तर जर्सी सार्वजनिक भएको दोस्रो दिनमै सबै जर्सी बिकिसकेको संघले जनाएको छ । नाइजेरियाको टोलीमा आर्सनलका एलेक्स इवोबी, चेल्सीका भिक्टर मोजेस लगायतका खेलाडीको उपस्थिति रहेको छ । सन् १९९४ को नाइजेरियाको जर्सीबाट प्रेरित यस पटकको जर्सिले चौतर्फी प्रशंसा बटुलिरहेको छ ।

नाइजेरियाले विश्वकप अगाडिको अभ्यास खेलमा शनिबार इंग्ल्यान्डको सामना गर्दैछ । विश्वकपको समूह ‘डी’ मा रहेको नाइजेरियाले अर्जेन्टिना, क्रोएसिया र आइसल्यान्डको सामना गर्नेछ ।