निधिले खुट्टा उचालेपछि प्रकाशमान तनावमा - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

निधिले खुट्टा उचालेपछि प्रकाशमान तनावमा



काठमाडौं- नेपाली कांग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले खुट्टा उचालेपछि पार्टीको सभापतिका लागि तम्तयार रहेका नेता प्रकाशमान सिंह दवावमा परेका छन् ।

सभापतियो लड्ने पुरै तयारी गरेका निधिले सभापतिमा सर्वसम्मत् रुपमा अब रामचन्द्र पौडेललाई अघि सार्नुपर्ने बताएपछि इतर समूहमा धेरै नेतालाई झट्का लागेको छ ।

यसअघि आफू कुनैपनि हालतमा सभापतिको उम्मेद्धवारबाट ब्याक नहुने बताउँदै आएका निधिले आज भने सर्वसम्मत् सभापतिको लागि वरिष्ठ नेता पौडेलको नाम प्रस्ताव गरेका हुन् । यसले कांग्रेस महाधिवेशनमा नयाँ तरङ्ग थपेको छ।

आज (शुक्रबार) चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले पौडेललाई नै सर्वसम्मत् सभापतिको रुपमा अघि सार्नुपर्ने भन्दै उनको नाम प्रस्ताव गरेका हुन् ।

यसअघि सभापतिका प्रत्यासी शेखर कोइरालाले पनि पौडेलको नाममा सहमति भए आफू ब्याक हुने बताईसकेका छन् । अब सभापतिको उम्मेद्धवार प्रकाशमान सिंह दबाबमा परेका छन् ।