निधिले खोले चुनाव हार्नुको कारण ! - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

निधिले खोले चुनाव हार्नुको कारण !



काठमाडौँ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिना तयारी चुनावमा जाँदा पार्टीले पराजय भोगेको बताएका छन्।

चुनावी समीक्षाका लागि बोलाइएको जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेता निधिले प्रतिस्पर्धी पार्टीको तुलनामा कमजोर तयारीका कारण चुनाव हारेको बताएका हुन्।

निधिलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘तीनै तहको चुनावमा हामीले राम्रोसँग तयारी गर्न सकेका सकेनौं। जनतामा जाने कार्यक्रम नै तय नभई चुनावमा होमिनु पर्‍यो।’

सभापति शेरबहादुर देउवा निकट मानिने नेता निधिले हारको दोस्रो कारणमा वामपन्थी दलहरुबीच भएको चुनाव गठबन्धन भएको बैठकमा उल्लेख गरे। संगठनलाई संघीय संरचनाअनुसार परिमार्जन गरेर परिचालन गर्न नसक्दा पनि पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको उनको भनाइ थियो।

तराईमा मधेसी दलसँग सहकार्य गर्ने प्रयास भए पनि त्यसले सार्थकता पाउन नसकेको नेता निधिको भनाइ थियो। मधेस केन्द्रित दुई संघीय समाजवादी फोरम र राजपासँग तराईका जिल्लामा चुनावी तालमेल गर्ने मुख्य जिम्मेवारी नै निधिले पाएका थिए। स्थानीय तहको चुनाव हुँदा उनी आफैं गृहमन्त्री थिए।