कांग्रेस उपसभापति निधिले भेटे भाजपाका प्रवक्तालाई - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

कांग्रेस उपसभापति निधिले भेटे भाजपाका प्रवक्तालाई



काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता एवं लोकसभाका पूर्वसांसद विजय सोन्कर शास्त्रीबीच भेटवार्ता भएको छ।

निधिनिवास बानेश्वरमा मंगलबार साँझ भएको भेटमा नेपाल भारतबीचको द्विपक्षीय सम्बन्धलगायतका विषयमा कुराकानी भएको थियो।

भेटवार्तामा भाजपा प्रवक्ता सोन्करका साथ पत्नीलगायत डा. राकेश रञ्जन, स्वामी सौरभ र राष्ट्रिय दलित जागरण मुक्ति अभियानका नेता खगेन्द्र सुनार सहभागी थिए।

भेटघाटका क्रममा नेपाल र भारतमा दलितहरुको अवस्था र तिनको हकहितको बारेमासमेत चर्चा भएको बताइएको छ।