देउवाविरुद्ध एक भए प्रकाशमान र विमलेन्द्र - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

देउवाविरुद्ध एक भए प्रकाशमान र विमलेन्द्र



काठमाडौं । काठमाडौं- नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा हुन गइरहेको मतदान रोचक बन्ने भएको छ । सभापतिमा भिडेका उम्मेदवारको संख्या ५ बाट दुईजनामा झरेको छ । मतदाता र उम्मेदवार तान्न बल्ल खेल सुरू भएको छ ।

कांग्रेसको सभापति निर्वाचन दोस्रो चरणमा जान लागेका बेला विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच छलफल हुने भएको छ । दोस्रो चरणमा शेरबहादुर देउवा वा शेखर कोइरालामध्ये कसलाई सघाउने भन्नेबारे दुई नेता भेटेरै सल्लाह हुने निधिनिकट स्रोतले जनाएको छ ।

यसैबीच पहिलो चरणको नतिजा सार्वजनिक भएलगत्तै निधिले प्रकाशमानलाई टेलिफोन गरेका छन् । निधिले नेतृत्व परिवर्तनका पक्षमा आफूहरु एकजुट हुनुपर्ने बताएको स्रोतले जनाएको छ । निधिले यसअघि नै दोस्रो चरणमा देउवाविरुद्ध आफूहरु एकठाउँमा उभिने बताएका थिए ।

शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीचको प्रतिस्पर्धा हुने भनिए पनि सबैको ध्यान भने प्रकाशमान सिंह र विमलेन्द्र निधिमा छ । शेखर कोइराला देउवाभन्दा ५२९ मतले पछाडि छन् । शेखरले जित्न दुवै जनालाई फकाउनु पर्छ भने देउवाले एक जनालाई मात्र फकाए पुग्छ ।