निधि आज दिल्ली आउदै
नयाँ दिल्ली / फागुन ३० ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीन दिने भारत भ्रमणका लागि आज भारत आउदै छन् । इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उनी भारत आउन लागेको स्रोतले बताएको छ ।
भारतमा निधिले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाह, सोनिया गान्धी, राहुल गान्धीलगायतसँग भेट गर्ने बताईएको छ ।
निधिले पछिल्लो राजनीतिक अवस्थाको बारेमा भारतीय नेताहरुसँग कुराकानी गर्ने उनका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए ।
दहालका अनुसार निधिले कञ्चनपुरमा भारतीयको गोली लागेर मृत्यु भएकोबारे पनि कुराकानी गर्ने बताईएको छ ।