चर्चामा निधी अग्रवाल - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

चर्चामा निधी अग्रवाल



बलिउड र क्रिकेटको सम्बन्ध एकदमै पुरानो हो, यहि प्रसङ्गमा आजकल एक जोडीको नाम खुब चर्चामा आईरहेको छ । हट नायिका निधी अग्रवाल र क्रिकेटर केएल राहुलको प्रेमको खबर यतिबेला चर्चामा छ । तर अब निधीले केएलसँगको आफ्नो सम्बन्धको बारेमा मुख खोलेकी छिन् ।

एक भारतीय मिडियासँग निधीले भनिन्, “हो म राहुलसँग डिनरमा जान्छु । म र राहुल एक–अर्कालाई पहिल्यैदेखी चिन्छौँ । हाम्रो चिनजान त्यो बेलादेखीको हो जतिबेला न त राहुल क्रिकेटर थियो न त म नायिका नै भईसकेको थिएँ । हामीले एक–अर्कालाई टिनएज देखी नै चिन्छौँ ।”

निधीले भनिन्– “क्रिकेटर भएकोले राहुललाई एकदमै धेरै हिडिरहनुपर्छ त्यसकारण हाम्रो भेटघाट कम नै हुन्छ । तर एउटै शहरमा भयौँ भने हामी भेटिहाल्छौँ ।”केहि समय अघि निधी अग्रवाललाई केएल राहुलसँग डिनरमा देखेपछि उनीहरुको अफेयरको खबर मिडियामा आएको थियो । निधीलाई पछिल्लो समय टाइगर श्राफसँगको फिल्म ‘मुन्ना माईकल’मा देखिएको थियो ।