निक र प्रियंकाको डिभोर्सको खबर छाप्ने पत्रिकालाई मानहानीको मुद्धा - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

निक र प्रियंकाको डिभोर्सको खबर छाप्ने पत्रिकालाई मानहानीको मुद्धा



मार्चको अन्तिम हप्तामा प्रियंका चोपडा र निक जोनसको सम्बन्धविच्छेदको खबरले अत्यधिक चर्चा बटुलेको थियो । एक अमेरिकी म्यागजिनले यो जोडी सम्बन्धविच्छेद गर्ने तयारीमा भएको दाबी गरेको थियो । यो खबर पछि प्रियंका र निकले म्यागजिनमाथि मानहानीको मुद्धा दायर गर्ने सोच बनाइरहेका छन् ।

कानूनी समूहले सम्हाल्नेः

इन्टरटेन्मेन्ट वेबसाइट बलिउड लाइफको खबर अनुसार प्रियंकाको कानूनी समहूले यो समाचार बनाउने टेब्लोइडसँग कुरा गर्ने र उनीहरुलाई आफ्नो खबरको खण्डन गर्न भन्नेछन् । यदि यस्तो नभए प्रियंका र निक कथित रुपमा ठूलो राशीको मानहानीको मुद्दा चलाउने योजनामा छन् ।

प्रियंका निकको सम्बन्धविच्छेदबारे आमा मधु चोपडाले दिइन् यस्तो जवाफ
यस्तो थियो सम्बन्धविच्छेदको खबरः

रिपोर्टले सूत्रको हवाला दिँदै उनीहरु हरेक कुरामा झगडा गरिरहेको दाबी गरेको थियो । पत्रिकाले निकले प्रियंकाको कुरामा आएर विवाह गरेका थिए र अब उनले यसको मूल्य चुकाइरहेकोसमेत भनेको थियो । पत्रिकाले निकको परिवारले विवाह समाप्त गर्नका लागि अनुनय बिन्ति गरिरहेको पनि बताएको थियो ।