नेयमार पिएसजीमै रहने प्रशिक्षकको विश्वास - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

नेयमार पिएसजीमै रहने प्रशिक्षकको विश्वास



पेरिस (एजेन्सी)– नेयमार क्लबमै रहने पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक युनी इम्रीले विश्वास व्यक्त गरेका छन् । रियल म्याड्रिड जाने व्यापक चर्चाकाबीच प्रशिक्षक इम्रीको यस्तो भनाई आएको हो ।

रियलले अर्को सिजन ब्राजिलियन सुपर स्टारलाई भित्राउने योजनामा रहेको पटक पटक सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रियलसँगै च्याम्पियन्स लिगको अन्तिम १६ खेलमा पराजित भएपछि बार्सिलोनाका पूर्व स्टार नेयमार रियल जाने सम्भावनाले थप चर्चा पाएको थियो । तर, इम्रीको पछिल्लो भनाईले भने समर्थकलाई केहि राहत मिलेको छ ।

‘नेयमार अर्को सिजन पनि पेरिसमै रहनेछन् । नेयमार र पिएसजीको साझेदारी कायम रहनेछ,’ ‘इम्रीले भने, उनी यहाँ खुसी छन् । उनीमाथि अन्य क्लबले चासो राख्नु सामान्य कुरा हो । नेयमारसँग दुई तीन साता अघि मेरो कुरा भएको थियो । क्लबसँग उनको सिधा सम्पर्क छ । उनी चोटमुक्त हुने क्रममा छन्, आशा छ सिजनको अन्त्यअघि सम्म उनी ठिक हुनेछन् ।’

पिएसजीको पहिलो सिजनमै उनले उत्कृष्ट सुरुआत गरेका थिए । लिग वानमा मात्र उनले २० खेलमा २० गोल गरेका थिए । मार्चमा खुट्टामा चोट लाग्नुअघि सर्वाधिक गोलकर्ताको सुचिमा उनीपछि माथिल्लो क्रममै थिए ।