क्रोएसियाविरुद्ध आज नेइमार खेल्ने - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

क्रोएसियाविरुद्ध आज नेइमार खेल्ने



ब्राजिलले आज आइतबार क्रोएसिया विरूद्ध खेल्ने मैत्रीपूर्ण खेलमा नेइमार पनि खेल्ने भएका छन्।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा नेपाली समय अनुसार साँझ ७.४५ बजे सुरु हुने खेलमा लामो समय मैदान बाहिर रहेका ब्राजिलियन स्टार नेइमार खेल्न लागेको प्रशिक्षक टिटेले जानकारी गराएका छन्।

ब्राजिलका लागि नेयमारसहित फिलिप कोउटिन्हो र ग्याब्रिएल जेसस, विंगर विलियनसहितको पहिलो रोजाइकै खेलाडी उतार्ने टिटेले बताएका छन्।

यस्तै मिडफिल्डमा क्यसेमिरो, पौलिन्हो र फर्नान्डीन्हो तथा क्यासेमिरोलाई रक्षात्मक भूमिका दिइने उनले जानकारी दिए।

डिफेन्समा थिआगो सिल्भा र मिरान्डा तथा साइड डिफेन्समा ड्यानिलो र मार्सेलो रहनेछन्। गोलरक्षकमा एलिसनले मौका पाएका छन्।

हालको अवस्थामा ग्यब्रिएल जेससको कप्तानीमा उत्रिने ब्राजिलियन टोली सबैभन्दा बलियो भन्दै उनले सबै खेलाडीको फिटनेस र खेल क्षमता हेरेर यो टोली छनोट गरेको स्पष्ट पारे।

सन् २०१४ को विश्वकपमा ब्राजिलका लागि ४ गोल गरेका नेइमार फ्रेन्च लिग अल दौरान घाइते भएका थिए।