नेयमारले हाने गोल, ब्राजिलले लियो अग्रता - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

नेयमारले हाने गोल, ब्राजिलले लियो अग्रता



फिफा विश्वकप अन्तर्गत ब्राजिलले क्रोएसियाविरुद्धको खेलमा अतिरिक्त समयमा अग्रता लिएको छ। अतिरिक्त समयको पहिलो हाफको अन्तिम मिनेटमा नेयमारले गोल गर्दै अग्रता दिलाएका हुन्।

दोहास्थित एजुकेशन सिटी स्टेडियममा जारी पहिलो क्वार्टरफाइनल खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्।पाँच पटकको विश्व विजेता ब्राजिल छैटौँ उपाधि जित्न संर्घष गरिरहेको छ।