नेइमार बार्सिलोना फर्किने छैनन् - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

नेइमार बार्सिलोना फर्किने छैनन्



नेइमार विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएको एक सिजन पूरा हुन लाग्यो ।

तर उनी कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पिएसजी गएको केही महिनापछि नै त्यहाँबाट पनि अरु नै क्लब जान चाहेको खबर आउन थाले । त्यसमा रियल मड्रिड सबैभन्दा अघि देखियो ।

यस्तै जुन क्लबबाट गएका थिए, त्यहि क्लब बार्सिलोना फर्किन चाहेको पनि खबर आयो । यसले बार्सिलोनामा एमएसएनको करामत फेरि देख्न पाइन्छ कि भन्ने फ्यानहरुमा आश जाग्यो । एमएसएन अर्थात मेस्सी, स्वारेज र नेइमार ।

तर त्यो सम्भावना नरहेको कम्तिमा बार्सिलोनाको अध्यक्ष जोसेप मारिया बार्तोमेउ रहुन्जेल भन्ने स्पष्ट भएको छ ।

बार्सिलोनाका अध्यक्ष जोसेपले क्लब नेइमारमा इनट्रेस्टेड नरहेको स्पष्ट पारेका छन् । उनले भने, ‘नेइमार बार्सिलोना फर्किने छैनन्, हामीसँग नयाँ प्रोजेक्टहरु छन्, र ध्यान त्यसैमा केन्द्रित छ ।’

नेइमारले नयाँ सम्झौताको तयारी भइरहेका बेला आफूहरुलाई क्लब छोड्न लागेको जानकारी गएको जोसेपले बताएका छन् । नेइमारले क्लब छोड्न चाहेको बताउँदा आफू अचम्ममा परेको उनको भनाई छ ।

खुट्टामा लागेको चोटचोटका कारण मैदान बाहिर रहेका नेइमार अब मैदान फर्किने तयारीमा छन् । उनी विश्वकपमा ब्राजिलको टिममा हुने पक्का रहेको बताइएको छ ।

नेइमारको क्लब पिएसजीले मंगलबार राति हुने कोप डी फ्रान्सको फाइनलमा उपस्थित हुनेछन्, तर खेल्नका लागि होइन हेर्नका लागि मात्रै । उनी अझै फिट भइसकेका छैनन् ।