२०१४ को बदला लिने नेइमारको यस्तो तयारी ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

२०१४ को बदला लिने नेइमारको यस्तो तयारी !



काठमाडौं । ब्राजिलियन फुटबलर नेयमार जेआरको अनुपस्थितिमा अघिल्लो विश्वकपको सेमिफाइनमा ब्राजिलले फराकिलो अन्तरको हारको सामना गर्न पुग्यो । यो नतिजाले ब्राजिलका समर्थकहरुलाई स्तब्ध बनाउन पुग्यो ।

त्यतिबेला ह्वीलचेयरमा बसेका नेयमारले खेल पूरा नहुँदै टेलिभिजन बन्द गर्न लगाए र आगामी दिनका लागि तयार रहनका लागि आग्रह गरे । उक्त विश्वकप नेयमारको लागि आफ्नो करियरलाई माथिल्लो दर्जामा पु¥याउन सक्ने खेल थियो । यो खेलले उनलाई पेले, सोक्रेट्स, बेबेटो र रोनाल्डोको हाराहारीमा पुर्याउन सक्थ्यो ।

यस्तोमा कोलम्बियासँगको खेलले उनले महत्वाकांक्षामा बादल लगाइ दियो । उनले ढाटमा चोट लाग्नपुग्यो र उनी सेमिफाइनलको खेलमा ह्वीलचेयरमा बसेर खेल हेर्न बाध्य भए । उनले भने, ‘म घरमा बसेर केवल रुनमात्र सकेँ, मेरो घरमा आमा, बुबा, साथीहरु र समग्र परिवार रोइरहेका थिए । त्यो मेरा लागि सबैभन्दा नराम्रो क्षण थियो ।’

रुस विश्वकपमा नेयमार र उनको टोलीले अघिल्लो विश्वकपको ७–१ को पराजयको बदला लिने सुनौलो अवसर रहेको छ । अघिल्लो वर्ष ब्राजिलको झण्डा जलाइएको साओ पाउलोमा ब्राजिलको झण्डा ठड्याउने लक्ष्य ब्राजिलको छ । केही समयअघि खुट्टाको चोटको सामना गरेका नेयमार अहिले पूर्णरुपमा ठिक भएको बताइएको छ ।

ब्राजिलको लागि यो विश्वकपको उपाधि हासिल गर्ने आशा भने छनोट चरणको खेलले पनि देखाएको छ । छनोट चरणको खेलमा ब्राजिलले अर्जेन्टिनाको भन्दा दोब्बर गोल गरेको थियो भने दोस्रो स्थानमा रहेको उरुग्वेको तुलमा १० अंक बढी पाएको थियो । गएको मार्च महिनामा भएको मैत्रीपूर्ण खेलमा उसले जर्मनीलाई नै पराजित पनि गरेको थियो ।

अहिले नेयमार २६ वर्षका भएका छन् । उनी विश्वको सबैभन्दा महँगा फुटबलर हुन् । ईएसपीएनले सार्वजनिक गरेको लोकप्रियताको आधारमा पनि नेयमार विश्वको चौथो ठुला खेलाडी हुन् । उनीभन्दा अगाडि क्रिस्टियानो रोनाल्डो, लेब्रोन जेम्स र नियोनेल मेस्सी छन् । सामाजिक सञ्जालमा उनका फलोअर्सहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढी छन् ।

अहिले नेयमार ब्राजिलको फुटबलको एक खम्बा बन्न पुगेका छन् । मनोरञ्जन, टेक्निक र अद्भूत क्षमताको कारण उनी ब्राजिलको फुटबलको महत्वपूर्ण हिस्सा बन्न पुगेका हुन् । आइतबार राति पौने १२ बजे ब्राजिलले स्विट्जरल्याण्डसँग खेल्दै रुस विश्वकपको सुरुवात गर्नेछ ।