नेमारले कोस्टारिका विरुद्द खेल्ने - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

नेमारले कोस्टारिका विरुद्द खेल्ने



स्विजरल्याण्डसँगको खेलमा आफ्नो खुट्टामा चोट बेहोरेको कारण ब्राजिलियन स्ट्राइकर नेमारले आगामि खेल नखेल्ने आशंका गरिएको भएतापनि उनले कोस्टारिकासँगको खेल खेल्ने बताएका छन् । अघिल्ले खेलमा निराशाजनक प्रदर्शन गरेका भएपनि यस खेलमा आफ्नो सुधारिएको प्रदर्शन हुने उनले बताएका छन् ।

स्विजरल्याण्ड विरुद्दको खेलमा नेमारमाथि १० फाउनहरु भएका कारण उनी केही चोटहरुको सामाना गर्नु परेको थियो । तिनै चोटहरुका कारण मंगलबारको प्रशि†णमा सहभागि नभएका उनले त्यसपछि भने प्रशि†णमा सहभागिता जनाएका थिए । उनले कोस्टारिकाको खेल्ने शैली आफूहरुले हेरेको र आफूहरु आफ्नो खेलमा पूर्ण रुपले केन्द्रित भएको बताएका छन् ।

समुह ’इ’ मा कोस्टारिका पछि ब्राजिलको सामना सर्वियासँग हुनेछ । सर्वियाले कोस्टारिकासँग जित हासिल गरेको थियो ।