नेमारले कोस्टारिका विरुद्द खेल्ने - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

नेमारले कोस्टारिका विरुद्द खेल्ने



स्विजरल्याण्डसँगको खेलमा आफ्नो खुट्टामा चोट बेहोरेको कारण ब्राजिलियन स्ट्राइकर नेमारले आगामि खेल नखेल्ने आशंका गरिएको भएतापनि उनले कोस्टारिकासँगको खेल खेल्ने बताएका छन् । अघिल्ले खेलमा निराशाजनक प्रदर्शन गरेका भएपनि यस खेलमा आफ्नो सुधारिएको प्रदर्शन हुने उनले बताएका छन् ।

स्विजरल्याण्ड विरुद्दको खेलमा नेमारमाथि १० फाउनहरु भएका कारण उनी केही चोटहरुको सामाना गर्नु परेको थियो । तिनै चोटहरुका कारण मंगलबारको प्रशि†णमा सहभागि नभएका उनले त्यसपछि भने प्रशि†णमा सहभागिता जनाएका थिए । उनले कोस्टारिकाको खेल्ने शैली आफूहरुले हेरेको र आफूहरु आफ्नो खेलमा पूर्ण रुपले केन्द्रित भएको बताएका छन् ।

समुह ’इ’ मा कोस्टारिका पछि ब्राजिलको सामना सर्वियासँग हुनेछ । सर्वियाले कोस्टारिकासँग जित हासिल गरेको थियो ।