नयाँ वर्षको पुर्व सन्ध्यामा हातेमालोद्वारा सांस्कृतिक कार्यक्रम गरिने - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

नयाँ वर्षको पुर्व सन्ध्यामा हातेमालोद्वारा सांस्कृतिक कार्यक्रम गरिने



नयाँ दिल्ली 

भारतको नयाँ दिल्लीमा  सी. ए. अध्यानरत विद्यार्थीहरूको  संस्था हातेमालो नेपाली विद्यार्थी समूहले भारतको राजधानी दिल्लीमा नयाँ वर्ष २०७५ को पूर्व सन्ध्यामा  शुभकामना आदान प्रदानका साथै विविध सांस्कृतिक कार्यक्रम  आयोजना गर्ने भएको छ ।

हातेमालोले विगतमा झैँ  नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न गर्दै आएको छ। यस वर्षको पनि कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको  आयोजकले बताएका  छन्  ।

कार्यक्रममा शुभकामना आदान प्रदान सँगै साहित्यिक कार्यक्रम  , सांस्कृतिक नृत्य, सोलो गीत , ब्यान्ड तथा अन्य थुप्रै आकर्षणहरू हुने संस्थाकी अध्यक्ष आयुष्मा अर्यालले हिमाल पोस्टलाई बताइन  ।

उक्त कार्यक्रम अप्रिल ८ तारिकका दिन दिउँसो ०१:३० देखि साँझ ०७:०० सम्म, अईएमए  हल आइ.टि.यो दिल्लीमा हुने  संस्थाका सचिव गोविन्द आचार्यले जानकारी दिँदै दिल्लीमा रहनुहुने सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन्  ।