हुवावेको नयाँ अपरेटिङ सिस्टम, एन्ड्रोइड भन्दा उत्तम - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

हुवावेको नयाँ अपरेटिङ सिस्टम, एन्ड्रोइड भन्दा उत्तम



काठमाडौं । गत वर्ष चिनियाँ स्मार्टफोन निर्माता हुवावेईको व्यापारमा उल्लेख्य वृद्धि भएको थियो । यति मात्र होइन, व्यापारको हिसाबमा यो कम्पनीले अमेरिकी कम्पनी एप्पललाई पनि पछि पारेको थियो । तर, चिनियाँ कम्पनीमाथि अमेरिकालगायतका केही मुलुकले प्रतिबन्ध लगाएका छन् ।

उनीहरुको प्रतिबन्धको कारण कम्पनीको आम्दानीमा नकारात्मक असर पर्नसक्ने अनुमान गरिएको छ । कम्पनीले अमेरिकाविरुद्ध अदालतमा मुद्दा पनि दायर गरेको छ ।

यदि यो मुद्दा हुवावेईले जितेको खण्डमा आगामी दिनमा उसको व्यापारमा महत्वपूर्ण सहयोग पुग्नसक्ने बताइएको छ ।

यस्तोमा हुवावेईले आफ्नै अपरेटिङ सिस्टम बनाएको छ । कम्पनीले यसलाई कुनै पनि समय बजारमा सार्वजनिक गर्न सकिने हुवावेईले बताएको छ । अहिले हुवावेई र अनरका स्मार्टफोन गुगलको एन्ड्रोइडमा आधारित बेस्ड ईएमयूआई ओएसमा काम गरिरहेका छन् ।

हुवावेई विगत ७ वर्षदेखि आफ्नै अपरेटिङ सिस्टमका लागि काम गरिरहेको साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ । कम्पनीले आफ्ना उत्पादनमा अहिले चलिरहेको प्रणाली नै जारी राख्ने जानकारी दिएको छ । तर, आफ्नै अपरेटिङ सिस्टम ल्याउने विषयमा भने कुनै जानकारी दिएको छैन ।