न्यूराे अस्पतालमा पुगी निधिद्वारा डाक्टरद्वय अधिकारी र देवकोटाको स्वास्थ्य लाभको कामना - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

न्यूराे अस्पतालमा पुगी निधिद्वारा डाक्टरद्वय अधिकारी र देवकोटाको स्वास्थ्य लाभको कामना



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत प्रा.डा. यज्ञ अधिकारीलाई शुक्रबार बिहान भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का पूर्व कार्यकारी निर्देशक डा. अधिकारी मस्तिष्कमा समस्या देखिएपछि तीन दिनदेखि न्यूरो अस्पतालमा उपचार गराइरहनुभएको छ ।

२०३६ सालमा भएको पहिलो स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा डा.अधिकारी नेविसंघका तर्फबाट त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा सभापतिमा निर्बाचित हुनुभएको थियो । प्रजातन्त्र सम्वद्र्धन केन्द्रका महासचिव भएका अधिकारीले नेपालको सन्दर्भमा सामाजिक न्याय पुस्तक लेख्नुभएको थियो । त्रिविमा लामो समयसम्म प्राध्यापन पेशामा संलग्न रहनुभएका अधिकारी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान नेपालका पूर्ब निर्देशक समेत हुनुहुन्छ । त्रिविमा लामो समयसम्म प्राध्यापन पेशामा संलग्न अधिकारी केही समय अघिमात्र अबकाश हुनुभएको थियो ।

यसैबीच, न्यूरो अस्पतालमा उपचाररत डा.उपेन्द्र देबकोटालाई भेटेर कांग्रेस नेता निधिले स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।