नेटवर्किङ व्यापारको नामना फेरी ठगी - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

नेटवर्किङ व्यापारको नामना फेरी ठगी



काठमाडौं  । अनलाइन नेटवर्किङ व्यापार गर्ने भनी लाखौं ठगी गर्ने विदेशी नागरिकहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहत हसन राणा र भारतीय नागरिक तारसेम शर्मालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । हालसम्म २०।२५ जनालाई ठगी गरेको प्रहरीले जनाएको छ । यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

घटना विवरण
वंगलादेश ढाका घर भै हाल का.जि.का.म.न.पा. वडा नं. ३० वतिसपुतली वस्ने वंगलादेशी नागरिक अं. वर्ष ३२ को राहत हसन राणा र भारतिय नागरिक तरसेम शर्माले ४-५ महिना अगाडी नेपालमा आई विश्वमा नाम चलेको अनलाइन व्यापार गर्ने Forex International online money market नामक कम्पनी भित्र Western Fx नामक online networking company छ ।

यो कम्पनी बंगलादेश, क्यानाडा, अमेरिका लगायतका मुलुकहरुमा संचालनमा रहेको र यो कम्पनीले आफ्नो एजेन्ट (दलाल) हरेक मुलुकमा खटाएको छ । नेपालको लागि हामी एजेन्टको रुपमा काम गर्न आएका छौ । हामी यो कम्पनीको प्रशिक्षक तथा दलाल हौ । यो अनलाईन नेटवर्किङ व्यापार हो ।

यसमा लगानी गरेमा नाफाको २० देखि ६० प्रतिशत सम्म फाइदा दिने भनी विभिन्न व्यक्तिहरुसंग रकम लिने गरेको । निजहरुले नाम थर थाहा नभएको वंगाली जस्तो देखिने एकजना दलाल समेतलाई नेपाल ल्याई जति धेरै सदस्य खोज्यो त्यति धेरै नाफा हुन्छ भनी भन्न समेत लगाएको ।

लगानी गरेपश्चात मासिक रुपमा नाफा हुने ग्यारेन्टी गरेको भएतापनि नाफा पनि नदिएको र सावा रकम पनि फिर्ता नगरेको । यसरी लाखौ रकम ठगी गरेको भनी पिडितहरुले प्रहरीमा उजुरी गरेकोले निजहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको ।

अनुसन्धानको क्रममा खुल्न आएको कुराहरु :
• नेपालमा यस्तो कारोवार गैरकानूनी,
• यो व्यवसाय नेपालमा दर्ता छैन ।
• नेपालमा यस कारोवारको अनुगमन तथा नियमन गर्ने कुनैपनि निकाय नभएको ।
• यो व्यवसाय संचालन गर्दा नेपालमा कुनै कर नतिर्ने, सिधै ठगी गरी रकम विदेश जाने ।
• पिडितको नाममा एकाउन्ट खोलेर एकाउन्ट आफैले संचालन गर्ने गरेको ।
• पिडितलाई जति धेरै लगानी गर्यो त्यति धेरै नाफा हुने भनी प्रलोभन देखाएको ।
• जति धेरै सदस्य वनायो त्यति धेरै नाफा हुने पीडितलाई सदस्य खोज्न उक्साएको ।
• कारोवार गर्ने व्यक्तिलाई कुनै प्रमाण नदिएको ।
• हालसम्म २०।२५ जनालाई ठगी गरेको भन्ने बुझिन आएको ।

पक्राउ विदेशी नागरिकहरु :
• वंगलादेशी नागरिक अं. वर्ष ३२ को राहत हसन राणा
• भारतिय नागरिक तरसेम शर्मा

न्युज अभियानको सहयोग