नेता मोटाए, जनता उस्तै: हाम्रो लोकतन्त्र ! - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

नेता मोटाए, जनता उस्तै: हाम्रो लोकतन्त्र !



वैशाख/ पछिल्लो राजनीतिक परिवर्तनको प्रस्थानविन्दु। लाखौंको संख्यामा जनता सडकमा निस्किएको त्यो दिनभन्दा धेरै अघिदेखि सडक सुनसान थियो। नेताहरु थुना र नजरबन्दमा थिए।

प्रेसमाथि सेन्सरसिप लगाएर राजाले शासनविरुद्ध लेख्न–बोल्न बन्देज गरिएको थियो। ‘त्यो ऐतिहासिक दिन थियो, जो नेपालको राजनीतिकमा न पहिले आएको थियो, न फेरि आउने छ’, नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरी भन्छन्।

तर अहिले भ्रष्टाचारदेखि महंगीसम्म बढेर आमजीवन भद्रगोल बनेको निष्ठुरी बताउँछन्। यो खबर आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन्।

नागरिक अगुवा श्याम श्रेष्ठ बुद्धिजीविहरु तारन्तार सडकमा निस्किँदा जनताले साथ दिएको सम्झन्छन्। नागरिक अगुवा डा.देवेन्दराज पाण्डे उपलब्धिका हिसाबले ०६२ /०६३ को जनआन्दोलनलाई नेपालको सबभन्दा ठूलो राजनीतिक उपलब्धि ठान्छन्। उनी भन्छन्, ‘राजनीति सही बाटोमै छ, अब बाँकी काम पनि पूरा हुनेमा आशावादी छु।’

बरिष्ठ अधिवक्ता शम्भु श्रेष्ठ भने व्यवस्था फेरिए पनि नेताहरुको चरित्र नफेरिएको बताउँछन्।