अब अनलाइन र नेटवर्किङ व्यवसाय गर्नेलाई च्याप्प समाउने, थुन्ने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अब अनलाइन र नेटवर्किङ व्यवसाय गर्नेलाई च्याप्प समाउने, थुन्ने



काठमाडौं। अनलाइन वा नेटवर्किङ व्यवसायको नाममा इजाजत नै नलिई आर्थिक गतिविधि गर्ने विरुद्ध सरकारले कारबाही थाल्ने भएको छ। एक सूचना जारी गर्दै गृह मन्त्रालयले विभिन्न स्वरूपका गैर कानुनी आर्थिक क्रियाकलापबाट ठगी र असुरक्षा बढेकाले यस्ता व्यवसाय गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो।

सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिई अनलाइन वा विद्युतीय कारोबारका नाममा यस्ता गतिविधि भइरहेको मन्त्रालयले जनाएको छ । आर्थिक लाभ पु¥याउने प्रलोभनमा अनलाइनमार्फत विभिन्न स्वरूपका गैर कानुनी कार्य फस्टाएको भन्दै मन्त्रालयले नागरिकलाई सचेत रहन समेत आग्रह गरेको छ।

यस्ता व्यवसायका जुनसुकै गतिविधिहरूको निगरानी गर्ने, नियन्त्रण गर्ने र गैर कानुनी कार्य गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने मन्त्रालयले जानकारी गराएको छ।