नेप्सेमा एकाएक सुधार, रोकियो ओरालो यात्रा - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

नेप्सेमा एकाएक सुधार, रोकियो ओरालो यात्रा



सेयर बजारको लगातारको गिरावटमा बुधबार ब्रेक लाग्न पुगेको छ । बजार घटेर २ हजार नजिक आइपुगिसकेको बेला बुधबार एकै दिन ६०.२२ अंकले बढेर २ हजार ८०.४४ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यता क वर्गको सेन्सेटिभ्स इन्डेक्स समेत ११.२५ अंकले बढ्दै ४००.३७ अंकमा उक्लिएको नेप्सेले जनाएको छ ।

यस दिन १३ वटै उपसमूह धनात्मक हुँदै बजार नै हरियाली भएको छ । आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ५.०३ प्रतिशतले वृद्धि भएको छ भने अन्य समूह ३.८५ प्रतिशतले, निर्जीवन बीमा समूह ३.८४ प्रतिशतले, माइक्रोफाइनान्स समूह ३.६४ प्रतिशतले, हाइड्रोपावर ३.५७ प्रतिशतले, होटल तथा पर्यटन ३.४८ प्रतिशतले, ट्रेडिङ समूह ३.४७ प्रतिशतले, म्यानु एण्ड प्रो समूह ३.१६ प्रतिशतले, जीवन बीमा समूह ३.०६ प्रतिशतले र डेभलपमेन्ट बैंक ३.३ प्रतिशतले वृद्धि भएका छन् ।

यस्तै, बैंकिङ समूह २.११ प्रतिशतले, इन्भेष्टमेन्ट समूह २.९ प्रतिशतले र म्युचुअल फन्ड १.१७ प्रतिशतले वृद्धि भएका छन् । २३१ कम्पनीका ५० लाख ५ हजार कित्तामाथिको सेयर बजारमा ३० हजार भन्दा बढी पटक किनबेच हुँदा आज १ अर्ब ६४ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।