नेपली कांग्रेसको विजयलाई अर्घाखाँचीमा गठबन्धनले रोक्न सक्दैन - Himal Post Himal Post
  • १२ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 25 2025
Logo

नेपली कांग्रेसको विजयलाई अर्घाखाँचीमा गठबन्धनले रोक्न सक्दैन



१८ मङ्सिर / अर्घाखाँची 

नेपाली काँग्रेसका युवा तथा प्रभावशाली नेता तारा प्रसाद फुल्लेलले जिल्लाका अधिकांश क्षेत्रका चुनावी सभामा बोल्दै आफूले जनता सँग भेट हुँदा पाएको प्रतिक्रिया, जन लहर र काँग्रेस प्रतिको जनताको भरोसा पाएको बताएका छन्  ।

आफ्नो स्थानीय क्षेत्रमा स्थानीय तहको निर्वाचनमा पनि कम्युनिस्टको बाहुल्यता रहेको र उनीहरूको बर्षौं देखिको ज़्यादती र युवाहरूको सक्रियताको कारण अत्यधिक मतान्तरले चुनाव जितेको बताउँदै आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि जित्ने दाबी गरे।

हामी जस्ता युवाहरू राजनीति लाई पेसा होइन जनताको सेवा हो र राजनीति नीति हरू मध्य्को उत्कृष्ट नीति भएको कारण राजनीतिलाई उत्कृष्ट गन्तव्य ठानेका छौँ।हामीले हाम्रो उम्मेदवारहरूलाई तुलना गर्नै पर्छ डा.राम ब.बि.सी. पेसाले वरिष्ठ डा.भए पनि जागिर छोडेर राजनीतिमा आएर जनताको प्रत्यक्ष सेवामा लागिरहेको दसकौं भइसकेको र कहिल्यै यो पार्टी उ पार्टी नभनि जनताको सेवा गर्दै आई रहनु भएको कुरा उल्लेख गर्दै फुल्लेल ले भने “ मैले भनी रहनु पर्दैन उहाँको संयोगले नाम पनि राम हामी जिल्ला बासीले त भगवान् रामकै अवतार मानेका छौँ त्यसैले उहाँको प्रतिस्पर्धि उहाँसँग तुलना गर्दा अन्याय हुन्छ जस्तो मलाई लाग्छ” ।

उनले भने “ प्रदेश सभा ‘क’ का उम्मेदवार बिस्नु प्रसाद खनाल ‘मुस्कान’ जिल्ला सभापति समेत हुनुहुन्छ एउटा गरिब किसानको छोरा राजनीतिमा लागेर आजसम्म जिल्ला बासीलाई गर्नु भएको सेवा र सहयोग मैले होइन विपक्षी साथीहरूले समेत गर्दै आउनु भएको छ,चाहे त्यो माओवादीको द्वन्दकालमा होस चाहे त्यो प्राकृतिक विपत्ति आउँदा होस या घरायसी पारिवारिक द्वन्द आदिबाट आईपर्ने समस्यामा होस उहाँ जस्तो सामाजिक भावले ओतप्रोत भएको व्यक्ति हाम्रो प्रदेशले पाउनु पनि सौभाग्य हो त्यसैले जनताको रोजाईमा पर्नु पनि स्वभाविक हो” उनले काँग्रेसको जित अपरिहार्य भएको समेत बताए ।त्यस्तै प्रदेश ख तर्फका उम्मेदवार हिम्मत ब.टण्डन पनि सामाजिक भावले भरिएको व्यक्तित्व हुनु हुन्छ भन्दै उहाँहरूलाई अत्यधिक मतले विजय गराउन समेत जनतालाई अनुरोध गरे।

कांग्रेसमा अहिले सम्मकै उल्लेखनीय एकता देखिएको प्रसंग कोट्याउँदै स्थानिय निकायको मत परिणाममा जिल्लाले ईतिहास रचेको थियो र प्रतिनिधी सभा र प्रदेश सभामा समेत ईतिहास रचिने उद्घोष गरे । आफुले राजनितीमा बढाएको सकृयता समाज परिवर्तन र परिमार्जित परिवेशलाई स्थापित गर्नु नै रहेको कुरा पूर्ण आत्माबिस्वासका साथ व्यक्त गरे ।