अमेरिकाको दुई शहरमा नेपथ्यको कन्सर्ट - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

अमेरिकाको दुई शहरमा नेपथ्यको कन्सर्ट



काठमाडौं: स्थापनाको रजत वर्ष मनाइरहेको नेपथ्य ब्याण्डले आगामी विदेश यात्रा अमेरिकाको गर्नेभएको छ। दुई शहरमा नेपथ्यको सांगीतिक कार्यक्रम आयोजना हुनेछ।

टेक्सासको डालास र बोस्टनमा नेपथ्यपटक कार्यक्रम गर्न लागेको हो। पहिलो प्रस्तुती जुन ९ तारिखका दिन डालासस्थित ‘द बम फ्याक्ट्री’ कन्सर्ट हलमा हुनेछ। समूह ‘डिटी’ र ‘मोमो इन्टरटेनमेन्ट’ले नेपथ्य यात्राको व्यवस्थापन गर्दैछ ।

ब्याण्डले हालसम्म लस एन्जलस,एटलान्टा, न्यूयोर्क र सानफ्रान्सिस्कोका मञ्चहरुमा आफूलाई उभ्याइसकेको छ। ब्याण्डको यो पाँचौ अमेरिका यात्रा हो।

ब्याण्डले जुन २४ तारिखका दिन बोस्टनको ‘रोयाल बोस्टन’ मा प्रस्तुत गर्नेछ। बोस्टनको कन्सर्ट ‘जात्रा नेपाल’ र ‘बोस्टन तमु समाज’ले मिलेर आयोजना गर्न लागेका हुन्।

‘रजत वर्षका क्रममा हामीले नेपाल भित्र र बाहिर थुप्रै यात्रा गर्दै आएकोमा संसारभरि छरिएर रहेका नेपथ्य प्रेमीहरुले देखाउनुभएको माया र सद्भावका प्रति हामी आभारी छौं,’ ब्याण्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘बोस्टन र डालासका नेपाली दाजुभाइ दिदीबहिनीहरुका अगाडि नेपालीपनको नेपथ्य प्रस्तुत गर्ने क्षण हामी उत्साहका साथ प्रतिक्षा गरिरहेका छौं।’

भ्रमणदलमा मुख्य गायक अमृत लगायत सांगीतिक, प्राविधिक र व्यवस्थापन टोली साथै रहनेछ।