नेपालमा कलेज पढेर मात्रै इन्जिनियर बन्न नपाइने - Himal Post Himal Post
  • ९ असार २०८२, सोमबार
  •      Mon Jun 23 2025
Logo

नेपालमा कलेज पढेर मात्रै इन्जिनियर बन्न नपाइने



काठमाडौं, २२  मंसिर । नेपालमा कलेज पढेर मात्रै इन्जिनियर बन्न नपाइने भएको छ । इन्जिनियरिङ अध्ययन पुरा गर्नेले इन्जिनियरको लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषद्ले सञ्चालन गर्ने परिक्षाको पनि उत्तीर्ण गर्नु पर्ने व्यवस्था गर्न लागिएकाे छ ।

अहिलेसम्म इन्जिनियरिङ विषयमा कलेज उतिर्ण गर्ने वित्तिकै विद्यार्थीले आवेदन दिएको भरमा विना परिक्षा परिषद्ले इन्जिनियरको लाइसेन्स दिदैं आएको छ । प्रविधिक विषय भएका कारण जोखिम न्यूनिकरण गर्नको लागि पनि परिक्षाको आवश्यकता देखिएको परिषद्ले जनाएको छ ।

२०७२ मा गएको भूकम्पले ठूला क्षति हुनुमा भाैतिक संरचनाकाे इन्जिनियरिङ डिजाइनमा समेत प्रश्न उठेपछि इन्जिनियरको लाइसेन्स वितरण प्रणालीमा सुधार गर्न लागिएकाे परिषद्ले जनाएकाे छ । शहरी विकास तथा भौतिक निर्माणा मन्त्रालयले पनि इन्जिनियरहरुले लाइसेन्स लिन परिषद्को परिक्षा पास गर्नुपर्ने व्यवस्था गर्न लागेकाे छ ।

अहिलेसम्म सरकारले त्यस्तो केहि व्यवस्था नगरेका कारण निवेदन दिने वित्तिकै आवश्यक प्रक्रिया पुरा गरेर लाइसेन्स दिने गरेको परिषद्का रजिष्ट्रार उमेश थानीले बताए । उनले भने–‘यो अति नै गम्भिर विषय भएकाले अवदेखि यस्तो किसिमको प्रचलन अन्त्य गर्न हामीले सवै प्रक्रिया पुरा गरी परिषद्ले परिक्षा लिने व्यवस्था मिलाउन मन्त्रालयमा फाइल पठाइसकेका छौं ।’ लाइसेन्स लिन कहिलेबाट परिषद् परिक्षा दिनुपर्ने हो त्यसको मिति तय भइनसके पनि मन्त्रालयले निर्णय गर्नासाथ कार्यान्वयनमा जाने थानीले जानकारी दिए ।