ओलीको पछि लागेर बसेका केही नेताको बिजोग छ: माधव नेपाल - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

ओलीको पछि लागेर बसेका केही नेताको बिजोग छ: माधव नेपाल



काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेमा ओलीको पछि लागेर बसेका केहि नेताहरूको बिजोग भएको बताएका छन्।

समाजवादी काभ्रे काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले एमाले अध्यक्ष केपी ओली सुध्रिन्छन् कि भनेर एमालेमा बसेका नेताहरूको बिजोग भएको बताए।

एमालेभित्र पार्टी अध्यक्ष ओलीले गुट चलाइरहेको उनको भनाइ थियो। नेपालले केही नेताहरू समाजवादीमा फर्कने क्रम शुरु भइरहेको दाबी गरे। पुरानो पार्टीसँग विद्रोह गरेर बनेको पार्टीमा जनलहर र उत्साह देखिएको उनले बताए।

उनले आउने राष्ट्रियसभा निर्वाचनमा मिलेर जाने सहमति गठबन्धनबीच भएको भन्दै अबको निर्वाचनमा एमालेको पत्तासाफ हुने दाबी गरे।