अमेरिकामा नेपाली युवती अस्मिताको मृत्यु - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

अमेरिकामा नेपाली युवती अस्मिताको मृत्यु



एजेन्सी- अमेरिकामा एक नेपाली युवतीको मृत्यु भएको छ । अमेरिकास्थित टेक्ससको एक तालमा डुबेर नेपाली छात्राको मृत्यु भएको हो।

अमेरिकी सञ्चारमाध्यमका अनुसार टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर काठमाडौं घर भएकी २३ वर्षीया अस्मिता खनालको मृत्यु भएको हो।

उनको शव गत आइतबार निकालिएको समचारमा उल्लेख छ। डुंगामा सयर गरिरहेका बेला उनको मृत्यु भएको हो।

टेक्सस नेपालीको बाक्लो बसोबास भएकाे अमेरिकी राज्यमध्ये एक हाे।