नेपालगञ्जबाट नारायणगढ जाँदैगरेको बस दुर्घटना ,एकको मृत्यु १७ समान्य घाइते

कपिलवस्तु । पुर्व पश्चिम राजमार्ग अन्र्तगत कपिलवस्तुको बाणगङ्गा नगरपालिका –२, पिपराचोकमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १७ जना समान्य घाइते भएका छन् ।
राजमार्गको छेउमा रोकिराखिएको भारतीय नम्बरको ट्रकमा नेपालगञ्जबाट नारायणगढ जाँदैगरेको बस ठोकिँदा बसमा सवार दैलेखको माबो गाउँपालिकाका ५५ बर्षिय नन्दलाल गुरुङको मृत्यु भएको र अन्य १७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङको सामुदायिक अस्पताल, पिपरामा उपचारको क्रममा मृत्यु भएको छ ।
सामान्य घाइते भएकाहरु उपचार पश्चात् डिस्चार्ज भई गन्तव्य तर्फ गएको प्रहरी नायब उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।फाईल तस्विर

