नेपाली काँग्रेसका कोषाध्यक्षहरूको प्रथम राष्ट्रिय सम्मेलन पुस ८ र ९ गते - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

नेपाली काँग्रेसका कोषाध्यक्षहरूको प्रथम राष्ट्रिय सम्मेलन पुस ८ र ९ गते



काठमाडौँ, पुस ३ गते ।  स्थानीय निर्वाचन, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर नेपाली काँग्रेसका ७५ जिल्लाका कोषाध्यक्षहरूको प्रथम राष्ट्रिय सम्मेलन पुस ८ र ९ गते काठमाडौँमा हुने भएको छ ।

जिल्ला अधिवेशन हुन बाँकी रहेका पाँचवटा जिल्ला पर्सा, सिराह, महोत्तरी, धनुषा र डोल्पाबाट पुराना नेताहरूले भाग लिने जानकारी काठमाडौँ जिल्लाका कोषाध्यक्ष एवम् सम्मेलन आयोजक समितिका संयोजक गोविन्द पुडासैनीले बताउनुभयो ।  यी जिल्लाका अधिवेशन पुस १५ सम्म सक्न पार्टीले जिल्ला निर्देशन समेत दिइसकेको छ ।

राष्ट्रिय सम्मेलनमा मुख्य गरी पार्टीले उठाउने गरेको लेबी केन्द्रलाई बुझाउनुपर्ने तर जिल्लामा कार्यक्रम सञ्चालन गर्दा आर्थिक समस्या हुने, स्थानीय निर्वाचन, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टी कसरी अगाडि बढ्ने, कोषाध्यक्षहरू पनि स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्नेलगायत विषय उठाइने छ ।  पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नु हुने सम्मेलनमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित केन्द्रीय सदस्य, मन्त्री, सांसद, जिल्ला सभापतिहरू, भ्रातृ सङ्गठनका अध्यक्षहरू सहभागी हुने जानकारी पनि संयोजक पुडासैनीले दिनुभयो ।