नेपाली चेलीको तस्बिर भारतीय मिडियामा भाइरल - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

नेपाली चेलीको तस्बिर भारतीय मिडियामा भाइरल



तरकारी व्यापारमा सम्लग्न एक नेपाली युवतीको तस्बिर भारतीय मिडियाहरुमा भाइरल भएको छ। भारतीय मिडियाहरुले तरकारी बेच्ने युवतीको भारी बोक्दै गरेको तस्बिरसहित समाचार प्रकाशित गरेको छ। भारतीय समाचार संस्था भास्कर डटकमले मेहनती र सुन्दरी नेपाली युवती भन्दै समाचार लेखेको छ।

तस्बिरमा तरकारी बोकेर झोलुङ्गे पुल पार गर्दै गरेको र तरकारी पसलमा बसेर मोबाइलमा कुरा गर्दै गरेको देखाइएको छ। उनको नाम भने उल्लेख गरिएको छैन।

फोटो पत्रकार रूपचन्द्र महाराजनले उक्त तस्बिर गोरखा र चितवनको सिमामा पर्ने झुलुङ्गे पुलमा खिचिएको उल्लेख छ।