आईतवार करनालमा सांस्कृतिक कार्यक्रम हुने - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

आईतवार करनालमा सांस्कृतिक कार्यक्रम हुने



हिमाल पोस्ट /नयाँ दिल्ली 

भारतमा विभिन्न समयमा कुनै न कुनै अवसर परेर बिभिन्न संस्थाद्वारा सांस्कृतिक कार्यक्रम हुने गर्छन ।सोहि अवसरमा भारतकै हरियाणा राज्यको करनालमा नेपाली सांस्कृतिक परिषदद्वारा  सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

नेपालबाट ख्याती प्राप्त कलाकार नबिन न्यौपाने ,मिलन बिसी ,तरा लामिछाने मगर ,ज्योति गौतम,अमृता बराल ,योगा च्याम्पीयन मास्टर शुशील पोखरेल ,गायक राम गहतराज ,हास्यकलाकार  बिजय बम्देल , कमल भट्टराई ,कोरियो ग्राफर लिगेश भट्टराई,मोडल संगीता बराल आदिको बेजोड प्रस्तुति रहने आयोजक समितिका कृष्ण प्रसाद भट्टराईले हिमाल पोस्टलाई जनाकारी दिनु भएको छ ।साथमा स्थानीय कलाकार जया थापाको ग्रुपले पनि आफ्नो कला प्रस्तुत गर्ने बताईएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दुतावासका राजदुत दीपकुमार उपाध्याय एवं  मुख्य अतिथिमा सहरी बिकाश मन्त्रि कबिता जैन उपस्थित हुने नेपाली सांस्कृतिक परिषदका अन्तराष्ट्रिय अध्यक्ष अशोक चौरासियाले बताउनु भएको छ ।

कार्यक्रम पुरानो सब्जी मन्डी करनालमा भोलि दिउसो हुदै छ ।उक्त कार्यक्रम नेत्रहीन एवम् असक्ष्यम व्यक्तिहरुको सहयोगको लागि गरिएको जनाकारी दिइएको छ   ।