भारतको स्वतन्त्र दिवसकै दिन दिल्लीमा नेपाली सांस्कृतिक कार्यक्रम - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

भारतको स्वतन्त्र दिवसकै दिन दिल्लीमा नेपाली सांस्कृतिक कार्यक्रम



अर्जुन खनाल /साउन १८ 

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज नजिकदै गर्दा भारतको राजधानी दिल्लीमा  सांस्कृतिक कार्यक्रम हुने भएको छ ।भारतको स्वतन्त्रता दिवसकै दिन तीजको  अवासर पारेर श्री पशुपति   सम्पर्क मंचले उक्त   कार्यक्रम गर्न लागेको हो ।

प्रवासी नेपाली बीच भाईचाराको सम्बन्ध एवंम नेपाली भाषा संस्कृतिको जगेर्ना गर्ने मूल उदेश्यका साथ उक्त कार्यक्रमको  आयोजना गरिएको   संस्थाका महासचिव रमेश प्रसाद लम्सालले हिमाल पोस्टलाई जनाकारी दिएका थिए ।

कार्यक्रममा नेपाल देखि लोक पप गायक अर्जुन कौशल,लोक दोहोरी गायिका भूमिका गिरी ,लोक गायिका एवंम् उद्घोषीका शीतल शर्मा  हास्य कलाकार   प्रकाश कंडेल ,लोक दोहोरी गायक सुबोध पोख्रेल ,धुर्ब राना ,राम गहतराज,सुरज बिसी ,देउडा गायक गणेश साउद र सिर्जना सांस्कृतिक परिवार  (राजु न्यौपाने)को बेजोड   प्रस्तुति  रहने बताईएको छ ।

उक्त कार्यक्रमबाट खास गरि दृष्टिविहिन बिद्यार्थीहरुको बिद्यालयलाई  सहयोग गरिने संस्थाका अध्यक्ष तुल्सी ढकालले बताए ।यद्धपि सो  सम्पर्क मंचले बिभिन्न समयमा  रक्तदान शिविर संचालन गर्नुको साथै अनाथ तथा असाहाय बालबालिकाको  लागि खाध्य एवंम अन्य   सामाग्री वितरण गर्दै आएको छ ।

कार्यक्रम  १५ अगस्टको दिन एम.सी.डी पार्क गोबिन्दपुरी,गाली नम्बर १ कल्काजी ,गोबिन्दपुरी मेट्रोको नजिकै स-सुल्क रुपमा हुनेछ ।