नेपली समाजले पहिलो पटक बुटवलमा IT इभेन्ट गर्दै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेपली समाजले पहिलो पटक बुटवलमा IT इभेन्ट गर्दै



सुरज पाण्डे /बुटवल ,जेठ १२ 

विज्ञान प्रविधिको अहिलेको आधुनिक युगमा Programming Language, Coding को महत्त्व सूचना तथा सञ्चार क्षेत्रमा सर्वविदित नै छ ।
तथा यो क्षेत्रमा केही योगदान गर्न हामी नेपाली समाज (IT Platform) द्धारा सन्चालित गरिएको हाे ।

ACM-ICPCसंगठन जस द्धारा वार्षिक रूपमा विभिन्न तहको प्रतियोगिता संसार भरीका विश्वविधालयहरुमा गरिदै आइएको छ । जुन प्रतियोगिता सबै भन्दा ठुलो पुरानो तथा प्रतिष्ठित भएको र यसैवाट प्रेरित भएर यो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । यो प्रतियोगिता मध्यपश्चिमाञ्चलको बुटवल सहरमा नेपालमै पहिलो पटक गर्न लागिएको हो ।

यसको मुख्य उद्देश्य भनेको नेपालको सूचना तथा प्रविधि क्षेत्र विकाश गर्न र यस क्षेत्रको बारेमा जनमानस सम्म सूचना फैलाउनु हो । जसले गर्दा नेपालमै दक्ष जनशक्ति उत्पादन गरी देश विकाशमा टेवा पुग्ने छ । प्रतियोगिता ५ घण्टाको हुनेछ तथा ७ प्रश्नहरू प्रतियोगिहरुलाई दिइने छ । यी प्रश्नहरू
ACM-ICPC को हुबहु हुने छन् ।
हरेक टोलीमा ३ जना प्रतियोगिहरुले भाग लिन पाउने छन् ।
प्रस्तावित प्रश्नहरूको हल गर्न तल उल्लिखित जुनसुकै
Computer Language प्रयोग गर्न पाइने छ ।

C, C#, C++, Java, PHP, Java Script, Python

प्रतियोगितामा दुई दिनको Boot Camp समावेश गरिएको हुनेछ । मिति:-(15-16)असार २०७४
जसको उद्देश्य प्रतियोगिहरुलाई चिनजान गराउने र ट्राईल कक्षको रूपमा दिइने छ।

स्थानः– कालीका मा. वि. कालिकानगर, बुटवल । प्रतियोगिता सञ्चालकः– नेपाली समाज Admin Pannel
मुख्य साहायकर्ताः– Federation of Computer Association Nepal, Rupandehi
पुरस्कार राशि ने. रु. २१०००/-
नियमहरू :-
· हरेक टोलीमा ३ जना प्रतियोगिहरु हुने छन् ।
· शैक्षिक स्तर घटिमा स्नातक तह को हुनु पर्ने छ ।
· कुनै प्रकारको नियम उल्लङ्रघन तथा चोरी कार्य असह््य हुने छ ।
· प्रतियोगिहरुले Google, Stock, Overflow तथा धेरैमा तिन वटा किताब आफ्नै इच्छाको प्रयोग गर्न पाउने छन् ।
· प्रतियोगिता नेपाली समाजले चुनेको स्थानमा मात्र हुने छ ।
· हरेक टोलीले एउटा Laptop आफै सँग लिएर आउनु पर्ने छ ।
· प्रप्तअकंको दश प्रतिशत ती टोलिहरुलाई प्रदान गरिने छ जसको टोलीमा कम्तीमा एक जना महिला समावेश गरिएको हुने छ ।
· दर्ताः– निःशुल्क ।
नाेट:१६ असार को राती सुत्ने बेवास्ता नेपाली समाज तर्फबाट मिलाइकाे जानकारी गराइन्छ ।(For distance participant )

विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्य मुख्य रूपमा लिएको नेपाली समाजले IT Event सँगसँगै रक्तदानको कार्यक्रम पनि सन्चालन गर्न लागेको हो ।
स्थान: कालीका विधालय कालीका नगर, बुधवल।
मिति:2074-03-17

याद राखौं रक्तदान नै जीवन दान हो।