नेपाली समाज मकाउका अध्यक्ष दोर्जे तामाङ्बाट गिरीलाई आर्थिक सहयोग। - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

नेपाली समाज मकाउका अध्यक्ष दोर्जे तामाङ्बाट गिरीलाई आर्थिक सहयोग।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

सुर्य गढी गाउँ पालिका वडा नं ४ हल्दे कालिका घर भएका साधुराम गिरी बिगत केहि बर्ष देखि पक्षघात भई शाररीक रूपमा अपाङ भएको र उहाँको आर्थिक स्थिति पनि कम्जोर भएको हुनाले उपचार गर्न पनि कठिन भई रहेको अबस्थामा उक्त पक्षघात पीडित गिरीलाई नेपाली समाज मकाउका अध्यक्ष एवं समाजसेवी दोर्जे तामाङले तरूण दल नुवाकोटको सहकार्यमा रू ४०,००० ।- पीडित गिरीकै घरमा पुगेर गिरीलाई हस्तान्तरण गरेका हुन।उक्त कार्यक्रमा नुवाकोट क्षेत्र नं २ का तरूणदल सभापति शरण पाख्रिन,नुवाकोट तरूण दल जिल्ला सचिव सुवन गिरी,तरूण दल जिल्ला सदस्य दिल बहादुर घिसिङ साथै त्यस भेगका स्थानीयहरूको उपस्थित रहेको थियो।

नेपाली समाज मकाउका अध्यक्ष दोर्जे तामाङ् मकाउमा रहेको अन्य संघ संस्थाहरूसंग पनि आबद्ध हुनु हुन्छ।बिगतका दिनमा पनि अनाथ तथा असाहय बाल बालिकाहरू र एच आई भी पीडित बालबालिकाहरूको लागि आर्थिक सहयोग नेपाली समाज मकाउको नामबाट गरी सक्नु भएको छ।अब आउँदा दिनहरूमा पनि यसरी नै सहयोग गर्ने कुरा ब्यक्त गर्नु हुन्छ।नुवाकोट जिल्ला सुर्य गढी गाउँ पालिका वडा नं २ कटुन्जेमा जन्मिएका तामाङ् बिगत लामो समय देखि मकाउमा ब्यबशाय गर्दै आई रहेका छन।