नेपाली राष्ट्रिय फुटबल टोली कतार प्रस्थान - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

नेपाली राष्ट्रिय फुटबल टोली कतार प्रस्थान



काठमाडौं । यमनविरुद्ध एशियन कप छनोट प्रतियोगिताको अन्तिम खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली कतार प्रस्थान गरेको छ।

नेपाली टोली दुई सिप्टमा गरेर कतार प्रस्थान गरेको छ। कतार एयरलाइन्सबाट बिहान ९:४५ बजे पहिलो र ११ः४५ मा दोस्रो सिप्टमा गरेर टोली कतार प्रस्थान गरेको हो।

नेपालले यही चैत १३ गते दोहाको सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिग खेल्दै छ। यसअघि काठमाडौंमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको थियो। छनोट खेलमा पाँच खेल खेलेको नेपालले दुई खेलमा बराबरी खेलेको छ। दुई अंक जोडेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। समूह ‘एफ’मा रहेको नेपाल यसअघि नै समूह चरणबाटै बाहिरिइसकेको छ।

समूह ‘एफ’मा रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन ७ अंकसहित दोस्रो तथा समान ७ अंक नै जोडेको ताजकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ। नेपाल अंक तालिकाको पुछारमा छ।

कतार गएको नेपाली टोलीमा गोलकिपर बिकेश कुथु, किरण चेम्जोङ र एलन न्यौपाने, डिफेण्डरमा अनन्त तामाङ, विराज महर्जन, रजिन धिमाल, आदित्य चौधरी, दिनेश राजवंशी र देवेन्द्र तामाङ, मिडफिल्डरमा सुजल श्रेष्ठ, अञ्जन विष्ट, रोहित चन्द, विशाल राई, सुनिल वल, हेमन गुरुङ र हेमन्त थापामगर तथा स्ट्राइकरमा विमल घर्ती मगर, सुमन लामा, नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्की छन्।

टोलीको मुख्य प्रशिक्षक योतुकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धर छन्। नेपाली टोलीलाई यसअघि शुक्रबारनै अखिल नेपाल फुटबल संघ (एन्फाले) सफलताको शुभकामना दिँदै विदाई गरेको थियो।फाइल तस्बिर :