राहुल गान्धीले कार्यक्रममा बनाए नेपाली राष्ट्र गान - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

राहुल गान्धीले कार्यक्रममा बनाए नेपाली राष्ट्र गान



काठमाडौं । राष्ट्रिय गानको नाममा गलत गीत बजेपछि भारतीय जनता पार्टी (भाजपा) नेताहरूले कांग्रेस नेता राहुल गान्धी र सो पार्टीमाथि हमला गरेका छन् ।

वाशिम जिल्लाको ‘भारत जोडो’ कार्यक्रममा गान्धीले राष्ट्र गान बजाउन अनुरोध गरेपछि भारतको साटो नेपाली राष्ट्र गान बजेको थियो ।

त्यसलाई बन्द गरी पुनः बजाउँदा पनि फेरि नेपालको राष्ट्र गान नै बजेको थियो । त्यसपछि राहुल गान्धीले नेताहरूलाई इशारा गरे र संगीत बन्द गरियो ।

अन्ततः जन गण मन बजाइएको थियो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सोही भिडियोमाथि भाजपाका नेताहरूले गान्धीमाथि टिप्पणी गरेका छन् ।

भाजपा नेता नितेशले घटनाको भिडियो सेयर गर्दै ट्विट गरे, “पापुको कमेडी सर्कस ।” तमिलनाडु बीजेपी नेता अमरप्रसाद रेड्डीले पनि सोही भिडियो सेयर गर्दै लेखेका छन्, “राहुल गान्धी, यो के हो ?”