नेपाली पिङ्गल छन्द आन्दाेलनका रणशार्दूलहरू - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

नेपाली पिङ्गल छन्द आन्दाेलनका रणशार्दूलहरू



चन्द्रकान्त डुम्रे(कृष्ण)

लक डाउनले र विकसित प्रविधिले यतिखेर छन्द कवितामा अव्याख्येय याेगदान पुर्याएकाे समालाेचकहरू बताउँछन्। विद्युतीय सामग्रीलाई स्राेत बनाएर केही सङ्कलन गरेका सामग्रीलाई लेखकाे अावरण दिन मन लाग्याे र अनुभूत्यात्मक तर सतथ्य सानाे लेखकाे काेलाज दिने जमर्काे गरेकाे छु।प्रविधिमा नदेखिएका वा देखिएका तर मैले खाेज गर्न नसकेका केही तथ्य भए पुन: समावेश गरी पछि पूर्णता दिने प्रण गर्दछु ।

वाचस्पत्यम् संस्कृत शव्दकाेशका अनुसार छदि संवरणे´ धातुमा इएसुन्´ प्रत्यय लागेर छन्दस् ´शव्दकाे व्युत्पत्ति हुन्छ।छन्दांसि जज्ञिरे´ वेदमा उल्लिखित यस वाक्यले छन्दस्´ शव्दकै पुष्टि गर्छ।निरुक्त-७/३ अनुसार छन्दांसि छादनात्:´ भनाइले अाच्छादित ,व्यवस्थित,ढाक्नु वा बाँध्नुका रूपमा लिन सकिन्छ।पाणिनिकाे छन्द: पादाै तु वेदस्य´-पाणिनीयशिक्षा-४, कथनले छन्दकाे सम्बन्ध वेदसित रहेकाे अनुमान गर्न सकिन्छ।शिक्षा,कल्प,व्याकरण,निरुक्त,छन्द र ज्याेतिष यी छ अाेटा वेदका अङ्ग मानिनेले पनि छन्दकाे महत्त्व वेदाध्ययनमा पुष्टि हुन्छ। वैदिक छन्दमा केवल अक्षरको गणना गरिन्छ; लघु-गुरु(ह्रस्व-दीर्घ)को समेत वास्ता गरेकाे पाइँदैन। त्यसैले त कात्यायनलेयदक्षरपरिमाणं तच्छन्द:´ अक्षरको परिमाणलाई नै छन्द मानेका छन् ।वेदमा सात प्रकारका छन्द(गायत्री,त्रिष्टुप्,जगति, पङ्क्ति,अनुष्टुप्,बृहति र उष्णिक्) पाइन्छन्(द्विवेदी,२०१०,पृ.१९०)।

छन्दशास्त्रका आद्य अाचार्य पिङ्गल हुन्,उनी सम्राट अशाेकका गुरु थिए भनिन्छ।उनैले छन्दलाई ग्रन्थीकरण र सूत्रीकरण गरेकाले उनकाे छन्दशास्त्रलाई पिङ्गल छन्द शास्त्र पनि भनिन्छ। आचार्य पिङ्गल अष्टाध्यायी व्याकरणका रचयिता पाणिनिका भाइ हुन् (द्विवेदी,२०१०,पृ०१८८)।
छन्दशास्त्रमा संगृहित छन्दहरूमा प्राच्य वाङ्मयका पुराणशास्त्र, धर्मशास्त्र, नीतिशास्त्र, दर्शनशास्त्र, अर्थशास्त्र आदि हुँदै विभिन्न काव्य र काव्यशास्त्रहरू समेत सिर्जना गरिएका छन्।नेपाली साहित्यकाे श्रीगणेश पनि छन्दकविताबाटै भएको पाइन्छ। शक्तिबल्लभ अर्ज्यालको ´तनहुँ त भकुण्डोशास्त्रीय छन्दमा विरचित कविता नेपाली साहित्यको छन्देली कविताकाे प्रारम्भ विन्दु हाे। नेपाली साहित्यको प्राथमिक काल, माध्यमिककाल र आधुनिककालसम्म आइपुग्दा छन्द विकास राम्राेसित पञ्जीकृत भएकाे दृष्टिगत हुन्छ। सुवानन्द दास, उदयानन्द अर्याल, यदुनाथ पोखरेल, भानुभक्त आचार्य, मोतीराम भट्ट, शम्भुप्रसाद पोखरेल, दधिराम मरासिनी,लेखनाथ पौडेल, सोमनाथ सिग्देल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, धरणीधर कोइराला, पारसमणि प्रधान, माधवप्रसाद घिमिरे,वसन्त कुमार शर्माकाे छन्दकविता लेखनले नेपाली साहित्यको छन्दाेबद्ध कविता विधालाई उद्दीप्त पारिरहेका छन् र छन्दको गरिमालाई नेपाली साहित्यमा प्रतिष्ठापित गराएका छन् । भानुभक्त आचार्य , मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा र माधवप्रसाद घिमिरे जस्ता नेपाली छन्दकविताका महारथीहरूले नेपालमा पिङ्गल छन्दलाई स्थापित गरी नेपाली साहित्यमा प्रतिष्ठित हुँदै नेपाली पाठकका हृदयमा स्थापित हुन सफल भएका छन्। नेपाली साहित्यको प्राथमिककालदेखि माध्यमिककाल हुँदै वर्तमानकालसम्म अनवरत रूपमा छन्दपरम्परा सर्वाधिक प्रिय दखिन्छ। यतिखेर भने छन्दकविताको अभूतपूर्व व्यापक विस्तार हुँदै आएको छ। देवनागिरी लिपिकै अर्काे विश्व विख्यात भाषा हिन्दी साहित्यमा भने पिङ्गल छन्दलाई तुलनात्मक रूपमा कम प्रयाेग गरेकाे देखिन्छ। निजामाबाद,जिल्ला अाजमगढ उत्तर प्रदेशमा जन्मेका अयाेध्यासिंह उपाध्यायहरिअाैध´काे पवन-दूतिका विद्यालयकाे पाठ्यक्रममा राखिएकाे छ।दिन्दी भाषामै भए पनि मन्दाक्रान्ता छन्दकाे उक्त लामाे कविता पढ्दा छन्दकाे हृदयस्पर्शी शक्ति कति छ अनुभूत गर्न सकिन्छ,। हुन त भारतमा उनीपछि सफलतापूर्वक छन्दमा कलम चलाउने पुस्ता घट्दै गइरहेकाे दृष्टिगत हुन्छ।तर नेपालमा भने छन्द कविताकाे लहर अचम्मसित अाएकाे छ।

यतिखेर नेपालमा छन्द कविताले गरेकाे अपूर्व दिग्विजयबारे घाेत्लिन सबैलाई प्रेरित गरेकाे छ। साँच्चै लकडाउनले स्रष्टा र अनुसन्धानकर्ताहरूलाई अगणित समय सिर्जना गरिदियाे।यसै अवसरलाई खाेज र अनुसन्धानमा धेरै सर्जकहरूले उपयाेग गरेकाे देखिन्छ।नेपालमा छन्द विकास र पिङ्गललाई विश्व साहित्यकाे अादि गुरु मान्ने महान अभियानका साथ स्थापित छन्दवादी समाज नेपाल,केन्द्रीय कार्यालयकाे निर्णय र संस्थाका संरक्षक एवं संस्थापक अध्यक्ष छन्दवादी कवि कविराज पाैडेलकाे अगुवाइमा नेपालमा पहिलाेपल्ट पिङ्गल र अङ्ग्रेजी साहित्यकाे छन्दकाे शृङ्खलाबद्ध एक महिनासम्म तुलनात्मक फेफबुक लाइभ कार्यक्रम सञ्चालन र बलाराम र भैरवीकाे पद्य गद्य केन्द्रित शृङ्खलाबद्ध कार्यक्रम र साथै महाकवि डा. रामप्रसाद ज्ञवाली र प्राज्ञ डा. देवी नेपालकाे देश विदेश केन्द्रित शृङ्खलाबद्ध भर्चुअल छन्द प्रशिक्षण,छन्दवादी समाज नेपाल र छन्द तरङ्गकाे संयुक्त अायाेजनाकाे शृङ्खलाबद्ध अन्तर्राष्ट्रिय छन्द कवि सम्मेलन,छन्द सम्बन्धित संकथन र छन्दाेबद्ध कविता लेखन, वाचन, र फेसबुक पेजका छन्दाेबद्ध कविता केन्द्रित ग्रुपकाे भूमिकाले पनि यतिखेर छन्द विकास परम्परा उच्चस्थानमा पुगेकाे देखिन्छ।

नेपालमा छन्द विकासहेतु वि.स.२०६० मा स्थापित छन्दवादी समाज नेपाल ,जिप्रका, रूपन्देहीमा दर्ता(द.न.९९९)काे छन्द विकासमा निरवच्छिन्न क्रियाशीलता जगजाहेर नै छ। ५० काे दशकदेखि एकल र सामूहिक रूपमा छन्द अान्दाेलनमा लागेका अभियान्ता द्वय महाकवि डा.रामप्रसाद ज्ञवाली र प्राज्ञ डा. देवी नेपालद्वारा सञ्चालित राष्ट्र व्यापी र कहिले भारतमासमेत छन्द प्रशिक्षणले छन्द विकास परम्परामा छलाङ हानेकाे सर्वविदितै छ।छन्द बचाअाैँ अभियानकाे नेपाल सरकारमा दर्ताका अाधारमा सबैभन्दा जेठाे संस्था छन्दवादी समाज नेपाल र छन्द विकासमा अभूतपूर्व कामका अाधारमा सबैले देख्ने गरी याेगदान दिएकाे छन्द तरङ्ग काठमाडौंले भाषाविद् प्रा.डा. माधवप्रसाद पाेखरेलकाे प्रमुख अातिथ्यमा अाधुनिक कवितामा छन्दकाे प्रयाेग विषयक गाेष्टी सञ्चालन गरिसकेकाे छ।रमेश खकुरेल,भाषा विद्वाेच्छिराेमणि प्रा.डा.माधव पाेखरेल,कविवर प्रा.घनश्याम कँडेल,काेषराज न्याैपाने,भुवनहरि सिग्देल डा.,नवराज लम्साल, मित्रलाल पंगेनी, गजलविद्वाेच्छिराेमणि डा.घनश्याम न्याैपाने परिश्रमी,प्रा.डा.कृष्णचन्द्र शर्मा,प्रा.डा.हिरण्यलाल ज्ञवाली,प्रा.डा.नारायणप्रसाद खनाल,प्रा.डा.जीवलाल सापकाेटा,डा.लक्ष्मण गाैतम र महेश पाैडेललाई विभिन्न शृङ्खलामा प्रमुख अतिथि,अतिथि र छन्द कवितामाथि टिप्पणी र छन्द विकासमा मन्तव्यनिम्ति अतिथिका रूपमा निमन्त्रणा गर्दै नव युगकाे शङ्खघाेष गरेकाे छ।नयाँ युग छन्द चेतनाका दृष्टिकोणले पुनर्जागरणकाे स्वर्ण युगका रूपमा लिन सकिन्छ।

विभिन्न भर्चुअल कार्यक्रममा छन्द संबद्ध संकथन ,बहस र विचार विमर्श चलाउँदै प्रविधिमैत्री हुँदै अन्तर्राष्ट्रिय छन्द कवि गाेष्ठीकाे पाँचाै शृङ्खला नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत् उपाध्यायप्रेक्षित´काे प्रमुख अातिथ्यमा समापन गरी राष्ट्रियस्तरमा प्रादेशिक प्रतिनिधित्व हुनेगरी राष्ट्रव्यापी छन्दकवि सम्मेलनकाे अायाेजना नेपाल प्रज्ञा प्रतिष्ठानकै काव्य विभाग प्रमुखकाे अायाेजनामा०७७/०३/ १० गते सम्पन्न भएकाे छ। पाैरस्त्य वाङ्मयकै मूलत: अधिकतम अनुअायी पछिल्लाे समयमा भारतीय कविहरूले मात्रिक छन्दलाई अनुकरण गरेकाे देखिन्छ।तर नेपाली छन्द प्रयाेग परम्परामा वर्णमात्रिक र मात्रिक दुवै छन्दकाे प्रयाेग देखिन्छ।राष्ट्रकवि माधवप्रसाद घिमिरे अझै जीवित हुनुले र छन्दाेबद्ध महाकाव्य लेखनले छन्द मरेकाे र बचाउनु भन्ने भनाइ कति सार्थक छ? स्तरीकरण र मानकीकरण बरु हुन सक्छ कि भन्ने कुराकानी सुनिए तापनि छन्द कविता लेखन नै समकालीन नेपाली कविता विधाकाे मूल प्रवाह देखिन्छ।त्यसाे त नेपालमा पनि पूर्वअाधुनिक कालदिखिकाे छन्द प्रयाेगलाई हेर्ने हाे भने ४०/५० काे दशकसम्म अाइपुग्दा समानान्तर रूपमा एकातर्छ छन्दाेबद्ध कविता र अर्काेतर्फ गद्य कविता पनि सँगै हिँडेकाे देखिन्छ।त्यसपछि भने छन्द कविताकाे द्रुततर गतिमा पुनर्जागरण र विकास भएकाे देखिन्छ।पुनर्जागरण भनेकाे छन्दमा कलम चलाउन पुन:लालायित हुनु हाे र कालान्तरमा मूलप्रवाहमा अाउनु हाे। ३० काे दशककाे पूर्वार्द्धमा घनश्याम परिश्रमीले अन्त्यमा´ खण्डकाव्य,४० काे दशकमा हिरण्यलाल ज्ञवालीकाे बिसाैनी´कविता सङ्ग्रह र यस्तै अरू सर्जकहरूका अभियानमूलक ढङ्गले कृति प्रकाशन हुनुले अाधार भूमिकाे तयारीका रूपमा लिन सकिन्छ। छन्दाेबद्ध कविता विधा यतिखेर पुनर्जागरणकाे उच्च विन्दुमा पुगेकाे छ।यसकाे श्रेय महाकवि डा.रामप्रसाद ज्ञवालीकाे महाकाव्य लेखन र भूमिकामा युद्ध जितेकाे भन्ने भनाइका अाधारमा वि.स.२०४९ सालमा लिखितअाैँशीका फूलहरू´महाकाव्य´ लाई जान्छ र उक्त महाकाव्य लेखनबाट नेपाली साहित्यमा छन्द पुनर्जागरणकाे थालनी भएकाे विज्ञहरू बताउँछन्।त्यसपछि ,कमलमणि दीक्षितकाे राताे बङ्गला स्कुलकाे भूमिका,काेक गाेष्ठी(काठमाडौं ),छन्द बचाऊँ अभियान (पाेखरा),रमेश शुभेच्छुककाे अभियान,लाेचन भट्टराई,वि.स. २०६२ मा प्राज्ञ डा. देवी नेपालकाे छन्द पराग´काे प्रकाशन र यसले ल्याएकाे छन्द सिकाइमा दिगदिगान्तक जागरण, कविराज पाैडेलकाे अध्यक्षतामा छन्दवादी समाज नेपाल केन्द्रीय कार्यालयकाे गठन र नेपाल सरकारमा दर्ता, लकाश पाैडेलकाे अगुवाइमा चितवनबाट सञ्चालित अभियान,अभियान्ता द्वय डा.रामप्रसाद ज्ञवाली र डा. देवी नेपालकाे प्रशिक्षणकाे अथक प्रयास र निरन्तर देश दाैडाहा अभियान,छन्दाेबद्ध कविताहरूकाे साङ्गीतिक प्रहसन र प्रकाशन र प्रविधिकाे प्रयाेग,अर्का छन्द अभियान्ता कविराज पाैडेलकाे छन्दवादी समाज नेपालका माध्यमबाट शाखा विस्तार,छन्द विज्ञानकाे घाेषणा-पत्र सार्वजनिक,प्रशिक्षण र महाेत्सवहरू निरन्तर सञ्चालन,वियाेगीकाे पहलकदमीमा २०६७ सालतिर वैशाख-८ गते छन्द दिवसकाे स्थापनामा भूमिका,लकडाउनले ल्याएकाे प्रविधिमैत्री शृङ्खलाबद्ध अन्तर्राष्ट्रिय छन्द कवि सम्मेलन- गाेष्टी र अायाेजककाे शृङ्खलाबद्ध युगीन विचार संप्रेषण, सञ्चालककाे अभूतपूर्व छन्दाेबद्ध कवितामय उद्घाेषणले छन्द चेतनाकाे अपूर्व बीजधान गरेकाे छर्लङ्ग छ। यसर्थ अब भने महाकवि डा.ज्ञवालीले भनेझैं कविताकाे स्तरीकरणकाे वकालतमा छन्द अान्दाेलन अाइपुगेकाे देखिन्छ।साथै परशु तिमिल्सिना,दुर्गा रिजाललगायतकाे अमेरिकाकाे छन्द साधना समूहले सिर्जेकाे अर्को छन्द जागरण,प्रतिभा निकुञ्जकाे कार्यहरू,छन्द चाैतारी ,अन्तर्राष्ट्रिय छन्द अभियान,अन्तर्राष्ट्रिय छन्द दिवसकाे घाेषणा,भारत छन्द बचाअाैँ अभियानकाे गठन र कामकाे थालनी र अभियान विशेष स्मरणीय छ। छन्द अान्दाेलनका अग्रजहरू राष्ट्रकवि माधवप्रसाद घिमिरे,कविवर मुकुन्द शरण उपाध्याय,माेदनाथ प्रश्रित,माेदनाथ शास्त्री,रामचन्द्र भट्टराई , रमेश खकुरेल र घनश्याम कँडेल जीवित रहे पनि काेषराज न्याैपानेकाे प्रहर चिन्तन,गजलविद्वाेच्छिराेमणि डा.घनश्याम न्याैपानेपरिश्रम´काे कवितात्मक दैनिकी चिन्तन,भुवनहरि सिग्देल,चन्द्रप्रसाद न्याैपाने,नरेन्द्र पराशर,बुनु लामिछाने,गाेविन्दराज विनाेदी,निर्माेही व्यास,मित्रलाल पंगेनी,प्रह्लाद पाेखरेल,हाेम सुवेदी,प्रभा भट्टराई,कृष्णादेवी शर्मा,सीता भट्टराई ,श्रीहरि फुँयाल,कलानिधि दाहाल,रामबाबु सुवेदी,मुकुन्द शर्मा,प्रा.बालकृष्ण भट्टराई,छन्दिका त्रिपाठी,बलराम दहाल,जय गाैडेल,सीता भट्टराई ,रूपक अलङ्कार,छन्दमणि त्रिपाठी,प्रा.डा हिरण्यलाल ज्ञवाली,गीता सापकाेटा,प्रा.डा.जीवलाल सापकाेटा,प्रा.डा.टिकाराम अधिकारी,रुद्र दु:खी,रुद्र ज्ञवाली,बलाराम दहाल,रमेश समर्थन,शम्भु गजुरेल,ऋषिकेशव भारद्वाज,गायत्री चापागाई,धुण्डीराज अर्याल,भावना न्याैपाने,कल्पना काफ्ले,इन्दिरा हाहाल,भवानी खतिवडा,टीका अात्रेय,जयदेव गाेविन्द,कृष्णशरण उपाध्याय,वासुदेव पाण्डे,साेम निराैला,सिर्जना अर्याल,विष्णु न्याैपाने,नारायण निरासी,टङ्क पन्त,राेहित पराई,रत्न विरही घिमिरे,अर्जुन शर´मेनुका चापगाई,सुनिता सापकाेटा,खगिन्द्रा खुसी,देवु लुइटेल,सिर्जना खनाल,दिव्यलक्षमी पाेखरेल,शान्ति सापकाेटा,रामेश्वर सुवेदी, शङ्कर पाण्डेय निर्दाेष´,श्याम तिवारी,कृष्ण डुम्रे,सुदेश सत्याल,मनाेज भण्डारी,हिरा भट्ट,डि.पि.दहाल,चिरञ्जीवी सिग्देल अादि छन्द कविहरू र प्रवासबाट,डा.अलका अात्रेय, दुष्यन्त भट्टराई,टेकनारायण काैशिक´ र पिपलमनि सिग्देल ,सुदीपभद्र खनाल,परशु तिमिल्सिना,दुर्गा रिजाल,गाेर्खे साइलाे सरु गुरागाईँ अादिकाे लेखन र गायन कार्य विशेष श्लाघनीय छ। तथ्यका अाधारमा हेर्ने हाे भने इसापूर्व पाँच सयतिर जन्मेका पिङ्गलकाे पुनर्जन्म यतिखेर त्रिमूर्तिका रूपमा डा.रामप्रसाद ज्ञवाली,डा.देवी नेपाल र कविराज पाैडेलका रूपमा भएकाे छन्दका साधकहरू बताउँछन्।यी अभियान्ताहरूले पहिलाेपल्ट नेपालमा संस्थागत रूपमा सहकार्य गर्दै वैश्विक छन्द चेतनाकाे सामूहिक पाञ्चजञ्य फुकेका छन्।त्रिमूर्तिमा सबैभन्दा जेठा वरिष्ठ छन्दकवि महाकवि डा.रामप्रसाद ज्ञवाली पुनर्जागरणका अग्रणी व्यक्तित्वले छन्दकविताकाे युगीन महत्त्व, भविष्य र चुनाैतीमा अमृतमय प्रवचन दिँदै अाइरहेका छन् भने अर्का अभियान्ता वरिष्ठ छन्द कवि प्राज्ञ डा.देवी नेपालले छन्द परम्परा र विकासमा युगीन विचारहरू प्रवाह गर्दै अब पिङ्गल छन्दहरूलाई नेपाली भाषामा प्रयाेगका हिसाबले गिनिज बुकमा दर्ता गराउने घाेषणा गर्दै अाइरहेका छन्। त्रिमूर्तिकै कान्छा अभियान्ता कविराज पाैडेलले नेपालमा पहिलाेपल्ट पिङ्गललाई अङ्ग्रेजी छन्दसित तुलना गर्दै विश्व छन्दका अादिगुरु मान्दै अन्तर्राष्ट्रिय छन्द दिवसकाे घाेषणा र अभियानकाे अारम्भ गरेका छन्।अन्तर्राष्ट्रिय छन्द कवि सम्मेलनकाे समापनकाे पाचौं शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत्प्रेक्षित्´ र काव्य विभाग प्रमुख प्रा.डा.हेमनाथ पाैडेलबाट अाशुकविकाे उपाधिसमेत कान्छा अभियान्ताले पाएका छन्।यसरी हेर्दा नेपाली छन्द विकास परम्परामा यतिखेर लामाे इतिहास बाेकेकाे छन्दवादी समाज नेपाल र छन्द तरङ्गकाे छन्द अभियानकाे विश्व जागरणले युगीन महत्त्व बाेकेकाे सबैकाे ठहर छ र सार्थक अनुभूत हुन्छ।

छन्द अान्दाेलनकाे महान् अभियानमा अायाेजकका अभियान्ताहरू छन्द अान्दाेलनका रणशार्दूलहरू हुन् भन्न कुनै अतिशयाेक्ति हुँदैन।मूलत:छन्द पुनर्जागरणमा धेरै थारै सबैकाे सहयाेगी भूमिका नकार्न सकिँदैन।तर कतै कतै प्रलाेभन,मनाेवैज्ञानिक धम्की-तिरस्कार,अाफु रहेकाे संस्थाबाट पुरस्कृत गर्ने अाश्वासनमा अाफ्नै स्तुतिकाे लेखाइ ,अाफैले अाफ्नाे प्रशस्ति लेखेर स्वीकृति लिई पत्रपत्रिकामा सानाे ठूलाे लेख बनाउँदै प्रकाशन गर्ने घृणित कार्य,अाअाफ्ना अासेपासेलाई गुहारेर गन्थ निर्माण गर्ने उत्कण्ठाले छन्द अान्दाेलनकाे वास्तविकता अाेझेलमा पर्ने पनि देखिन्छ।वास्तवमा छन्द विकासमा धेरै साधकहरूकाे अाअाफ्नाे ठाउँमा विशिष्ट भूमिका रहेकाे कुरा निषेध गर्न मिल्दैन।कतिले त उत्कृष्ट कविता लेखेर छन्द कवितालाई मानक बनाएकाे कुरा भुल्दा हामीले उनीहरूलाई अपमान गरेकाे कलङ्क बेहाेर्नुपर्छ।राष्ट्रकविले छन्द विकासमा सतत लेखेर लागे।कविताकाे मानकीकरण गरे।हामी छन्द कविहरूका तीर्थ स्थल हुन्।उनी जीवित छँदै हामीले अाफैले अरूलाई लेखाएर छन्दशिराेमणि,पिङ्गल,छन्दनायक पदवी लिँदा हास्यास्पद हुन्छ कि! शब्द ब्रह्मलाई सही प्रयाेग गराैँ।तथ्यविहीन प्रशस्तिकाे भाेकले काम गरेकाहरूकाे क्रियाशीलतालाई क्षयीकरण र दुरुत्साहन गर्छ।यस्ता निराधार प्रशस्तिले विसङ्गतिकाे विकास,विद्रूपीकरणकाे अारम्भ र इतिहासकै मानमर्दन गर्ने हुनाले प्रामाणिक कुराे मात्र गर्दा सबैकाे सह अस्थित्व स्थापित हुन्छ।याे नै एक मात्र इतिहासलाइ सम्मान गर्ने अचुक अाैजार हाे। गद्य र पद्य नभनाैँ।कविताभित्र कविता खाेजाैँ।
जय छन्द।

लेखक चन्द्रकान्त डुम्रे(कृष्ण) छन्दवादी समाज नेपाल, केन्द्रीय कार्यालय,प्रदेश नं.५ रूपन्देहीका संस्थापक सदस्य र हाल केन्द्रीय सचिव हुनुहुन्छ।