विदेशमा ४ महीनामा २ सय ६९ नेपालीको ज्यान गयो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विदेशमा ४ महीनामा २ सय ६९ नेपालीको ज्यान गयो



काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगार असुरक्षित बन्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) २०७५/७६ को ४ महीना अवधिमा रोजगारीका लागि विभिन्न देश पुगेका २ सय ६९ जनाले ज्यान गुमाएका छन् । यसमध्ये महिलाको सङ्ख्या ७ छ ।

उक्त अवधिमा १ सय ७६ जना अङ्गभङ्ग तथा बिरामी भएका छन् । उनीहरूलाई बोर्डको सहयोगमा स्वदेश फर्काइएको बिहीवार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

गत आर्थिक वर्षको सोही अवधिमा २ सय ८१ जनाले ज्यान गुमाएका थिए । पहिलो ४ महीनामा व्यक्तिगत र संस्थागत गरी १ लाख ३७ हजार ४ सय ७७ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । श्रेष्ठका अनुसार वैदेशिक रोजगारमा मृत्यु भएका र अप्ठ्यारोमा पर्दै आएकालाई बोर्डले नेपालसम्म ल्याउने गरेको छ ।

यस अवधिमा ७४ हजार ३ सय ७३ जना पुरुष र ५ हजार ७० जना महिला गरी कुल ७९ हजार ४ हजार ४७ जना संस्थागत रूपमा श्रम स्वीकृति लिएर विदेशिएका छन् । यसैगरी सोही अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिएर ५३ हजार पुरुष र ५ सय १० जना महिला गरी ५८ हजार ३० जना वैदेशिक रोजगारीमा गएका छन् ।