फोर्ब्सको सुचीमा नेपाली महिला आयुषी र कञ्चन ! - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

फोर्ब्सको सुचीमा नेपाली महिला आयुषी र कञ्चन !



फोर्ब्स म्यागेजिनले प्रकाशित गरेको एशियाका ‘३० मुनिका ३०’ अर्थात ३० वर्षभन्दा कम उमेरका ३० जना प्रभावशाली एशियालीको सुचीमा नेपालका दुई जना महिला छानिएका छन् ।

फोर्ब्सले हरेक वर्ष कला, प्रविधि, उपभोक्ता, व्यवसाय, विज्ञान, इ­कमर्श, सामाजिक उद्यमशिलता लगायतका विभिन्न १० विधामा उत्कृष्ट कार्य गरेका ३० वर्ष भन्दा कम उमेरका ३० जना सफल तथा प्रभावशाली व्यक्तिहरुलाई सुचीमा समावेश गर्दै आएको छ ।

सामाजिक उद्यमीतर्फ नेपालबाट आयुषी केसी र कञ्चन अमात्यलाई फोर्ब्सले छानेको हो ।

यस सुचीमा समावेश हुनेहरुलाई फोर्ब्सले आउँदो जुलाईमा हङकङमा आयोजना गर्ने अन्तराष्ट्रिय सम्मेलनमा सहभागिताको अवसर प्रदान गर्नेछ ।

विश्वभरीका लगानीकर्ता तथा सोही क्षेत्रमा क्रियाशिल संस्था तथा व्यक्तिहरुको सहभागिता रहने उक्त सम्मेलनमा सुचीकृत हुनेले नेटवर्किङ तथा लगानी जुटाउने अवसरका साथै एक अर्काका अनुभव साटासाट गर्न पाउनेछन् ।

केसी फोहोर व्यवस्थापन गर्दै आएको ‘खालीसीसी डटकम’की संस्थापक हुन् भने अमात्य ‘दिगो मत्स्य खेती अभियान’ (एसएफएफआई) नामक संस्थाकी अभियान्ता तथा उद्यमी हुन् ।

खालीसीसी डटकमले खालीसीसी संकलकमार्फत पुनप्रयोग गर्न मिल्ने फोहोरको व्यवस्थापनमा उल्लेख्य योग्दान दिएबापत केसीलाई सो सम्मान दिएको फोर्ब्सले जनाएको छ ।

केसीको यस संस्थाले काठमाण्डुका घर, संस्था, होटल, रेष्टुरेन्ट लगायतबाट दैनिक निस्किने नकुहिने फोहोरलाई पुनःप्रयोगमा ल्याउन उल्लेख्य योग्दान दिएको तथा ‘रिसाइक्लिङ’ को महत्व र फोहोर संकलकप्रतिको मानिसको बुझाई परिवर्तन गर्न क्रियाशिल रहेको भन्दै सुचीमा सुचिकृत गरिएको जनाएको छ ।