नेपाली महिला बेच्ने दलाल लोपसङ लामा दिल्लीबाट पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाली महिला बेच्ने दलाल लोपसङ लामा दिल्लीबाट पक्राउ



ईन्द्र कमल जैरु / नयाँ दिल्ली

विभिन्न प्रलोभनमा नेपाली महिलाहरुलाई तेरुाो मूलुकमा बेच्ने कार्यमा संलग्न रहेको आरोपमा लोपसङ लामालाई पक्राउ गरिएको छ । दिल्ली पुलिसको स्पेशल सेलले लोपसङ लामालाई कश्मीरी गेट क्षेत्रबाट पक्राउ गरेको हो ।

गत ८ साउन २०७५ मा दिल्लीको मुनिरकास्थित एक फ्ल्याटबाट केआई नेपालको पहलमा दिल्ली महिला आयोगको टिमले १६ जना नेपाली चेलीलाई उद्धार गरेपछिनै पुलिस लोपसाङ लामाको खोजीमा रहेको थियो । १६ जना नेपाली महिलाहरुलाई उद्धार गरेको सम्बन्धमा दिल्लीको बसन्त विहार पुलिस थानामा मुद्धा दर्ता गरिएको थियो । त्यसपछि पुलिस लोपसङ लामाको खोजीमा थियो । तर त्यसपछि लामा भागेर नेपाल गएका थिए । फेरि लामा अक्टुबरमा दिल्ली फर्किएको पुन: महिलाहरुलाई नेपालबाट दिल्ली ल्याएर एनओसी लगायतका आवश्यक कागजपत्र किर्ते गरि खाडी मुलूकमा पठाउने तयारी गरिरहेको थियो ।

यसैबीच पुलिसलाई आइतबार लोपसङ लामा आईएसबीटी नजिक भएको सूचना पाइएपछि पुलिसले कारवाही गरेको हो । यद्धपी पुलिसलाई देखेपछि लोपसङ लामाले भाग्ने प्रयास गर्दै यमुना नदीमा हाम फालेका थिए । तर उनीसँगै पुलिसका कन्स्टेबल मनिज त्यागी पनि नदीमा हाम फालेर लोपसङ लामालाई पक्राउ गरेका हुन । प्राथमिक सोधपुछका क्रममा लामाले पछिल्लो लामो समयदेखि महिलाहरुलाई नेपालबाट ल्याएर खाडीमा बेचेको स्वीकार गरेको पुलिसले जनाएको छ ।

लामाले महिलाहरुलाई खाडी पुर्याउने काममा अन्य कयौं व्यक्तिहरु पनि शामेल रहेको बताएका छन । उनले अहिलेसम्म ३० जनालाई खाडी देशमा पठाइसकेको बताएका छन । लोपसङ लामाका बुवा असम राईफल्सका रिटायर्ड जवान भएको पुलिसले जानकारी दिएको छ भने उसले एक महिलाई खाडी पठाए वापत ३० देखि ५० हजार रुपैया पाउने गरेको पनि जनाएको छ ।

पुलिसले लोपसङ लामालाई महिला बेच्ने दलालका रुपमा पहिचान गरेपछि उनको बारेमा जानकारी दिने व्यक्तिलाई १ लाख पुरस्कारको समेत घोषणा गरेको थियो । पुलिसले लोपसङ लामाको पक्राउलाई ठूलो सफलता भन्दै नेपालबाट दिल्ली ल्याएर तेरुाो मूलुक पुर्याउने कार्यलाई नियन्त्रण गर्न निकै मदत पुग्ने बताएको छ ।