नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न



हिमाल पोस्ट /अष्ट्रेलिया । पश्चिम सिड्नी अवस्थित ग्रानभिलमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया अर्थात एनपिसीसीए ले भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा निबर्तमान महिला संघ केन्द्रिय अध्यक्ष डा. डिला संग्रौलाको सम्मानमा उनकै प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरीएको हो ।

प्रमुख अतिथि डा. संग्रौलाले प्रशिक्षण दिने क्रममा नेतृत्व लिने र लिन खोज्नेहरुले कम्तिमा पनि अदर्श–सिद्धान्त, संगठन र कार्यक्रमलाई मुख्य आधार बनाएर काम गर्नु पर्ने बताईन । लोकतान्त्रिक प्रजातन्त्रको राम्रो पक्ष भनेकै सबैको कुरा सुन्दै निर्णयमा पुग्नु पर्ने बताईन । बिचारमा फरक मत आउने, बादबिबाद र भनाभन हुने जस्ता कुराहरु लोकतन्त्रमा सामान्य कुरा हुन, तर कर्तब्य र जिम्मेवारीबाट बिचलित नभई सहिअर्थमा आफूलाईृ प्रस्तुत गर्न सके हरेक समस्यका समाधान हुने उनले बताईन । नीति नियम उत्तिकै हुँदा पनि नेपालमा कार्यन्यन नभईदिनाले नेपाल र अष्ट्रेलियामा भिन्नता देखियो, हरेक नागरीक आफै सचेत, अनुसाशित र जिम्मेवर बनिदिनेहो भने नेपालको बिकास र राजनीतिले धेरै फड्को मार्न सक्ने तर्क उनले राखेकी थिईन ।

पारीवारीक भ्रमणका लागि अष्ट्रेलिया आएकी उनले राजनीतिक भेटघाट कार्यक्रमको आयोजना गरेकोमा आयोजक जनसम्पर्क समितिलाई धन्यबाद दिएकी थिईन । नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया अर्थात एनपिसीसीएका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा गिरीले प्रवासमा रहेर आस्था र सिद्धान्तका लागि राजनीतिमा लाग्ने भन्दा पनि व्यक्तिगत स्वार्थका लागि राजनीतिक झण्डाको प्रयोग गर्नेहरुले बिदेशमा पनि नेपाली समुदायलाई दुर्गन्धित बनाएकोमा दुःख व्यक्त गरेका थिए । राजनीतिक झण्डा बोक्न हिचकिचाउनेहरु आफ्नो फाईदाका लागि त्यहि झण्डा प्रयोग गर्दै समुदायमा सक्रिय भईदिनाले अष्ट्रेलियमा पनि पक्का लोकतन्त्रिक समाजबादीहरुको अभाब भएको गिरीले बताए । उनले एनआरएनएको आगामी नेतृत्वमा हाम्रा भन्दा पनि राम्रा, कुसल र प्रजातन्त्रमा बिश्वास राख्ने साथीहरुलाई नेतृत्वमा पुर्याउन संगठनले सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रेश यूनियनका पूर्व उपाध्यक्ष हेमन्त काफ्लेले नीति, नियम र आदर्शलाई गोजीमा हालेर हिड्ने अवसरबादिले समाज भाडेको र त्यस्ता गैरजिम्मेवारीहरुको प्हिचान गरी सचेत हुन सबैलाई आग्रह समेत गरेका थिए । नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया का संरक्षक प्रेम सापकोटाले चरित्र हिन ब्यक्तिहरु जहापनि हुन्छन्, नेपाली समुदायमा मात्र नभएर आफ्नै संस्थामा पनि त्यस्ता व्यक्तिहरुको घुसपेट हुने गरेकाले सबैलाई सचेत भई अफ्नो जिम्मेवारी, मुल्य र मान्यताबाट बिचलित नभई संगठनमा काम गर्न बिन्ति गरेका थिए । कार्यक्रममा एक्का अध्यक्ष निरज श्रेष्ठ, एनआरएनए अष्ट्रेलिया एनसीसी सदस्यहरु बिकास केसी, छबि सापकोटा, जानकी पौडेल, नन्द गुरुङ, गुल्मि समाजका अध्यक्ष भिम खरेल, नयाका अध्यक्ष कोमल पाठक, समुदायका भिम सुब्बा, बिष्णु पौडेल, एनएडिएफका महासचिब माधव गैह्रे, अर्जुन केसी लगायतले आफ्ना बिचारहरु प्रस्तुत गरेका थिए । सवल र राम्रो व्यक्तिहरुलाई आगामी एनआरएनएको नेतृत्वमा पुर्याउन सबैलाई समेटेर संगठन अघि बढ्नु पर्ने सुझाबहरु समेत बक्ताहरुले दिएका थिए ।

प्रशिक्षण पछि दोश्रो चरणको कार्यक्रममा एनआरएनमा संगठनको भूमिका बिषयमा छलफल समेत गरीएको थियो । २२ जनवरी २०१७ आईतबारका दिन दिउँसो १२ बजे देखि ग्रानभिलको डिगर क्लबमा आयोजित सो कार्यक्रममा सहभागिता जनाउन आफ्ना सदस्यहरुलाई मात्र बोलाईएको थियो । कार्यक्रममा समितिका कोषाध्यक्ष रामजि बस्नेतले स्वागत मन्तब्य राखेका दिए भने सहमहामन्त्रिले सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रम संचालन समितिका महामन्त्रि किरण बराल र सदस्य रोहित खड्काले गरेका थिए । सोहिदिनको कार्यक्रमा नारयण सापकोटाले नेपाली कांग्रेसको सिद्धान्त अगाल्दै जनसम्पर्कका अध्यक्ष र प्रमुख अतिथिबाट नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया अर्थात एनपिसीसीएको सदस्यता लिएका थिए ।