नेपाली जनसम्पर्क समिति नर्बेको दोस्रो वार्षिक साधारणसभा सम्पन्न​। - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

नेपाली जनसम्पर्क समिति नर्बेको दोस्रो वार्षिक साधारणसभा सम्पन्न​।



नर्वे :नेपाली जनसम्पर्क समिति नर्बेको दोस्रो वार्षिक साधारण सभा  ओस्लोमा सम्पन्न भ​एको छ। नेपाली जनसम्पर्क समिति नर्बेका अध्यक्ष जितेन्द्र विक्रम शाहीको सभापतित्वमा भएको उक्त कार्यक्रममा  नेजस डेनमार्कका अध्यक्ष बिरेन्द्र सिह कार्कीको प्रमुख आतिथ्य, गैर आवासीय नेपाली सङ्घ नर्बेका अध्यक्ष संजीब कुमार थापाको विशिष्ट आतिथ्य तथा नर्बेमा कार्यरत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको  उपस्थित रहेको थियो ।

कार्यक्रम संयोजक एवं नेजस नर्बेका बरिष्ट उपाध्यक्ष सुदीप राज पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए । महामन्त्री कबिन्द्र ढकालले कार्यक्रम सञ्चालन गर्दै नेजस नर्बेले गरेका कार्यक्रम प्रस्तुत गरे ।कार्यक्रममा सह​- महामन्त्री सूर्य प्रसाद सुबेदीले स्वागत मन्तव्य दिए  भने  सदस्य मोहन केसीले सह कोषाध्यक्ष राजन गौचनका तर्फबाट बर्षिक आय ब्ययको प्रतिवेदन सार्वजनिक गरेका थिए  ।

बक्ताका रूपमा नेजस नर्बेका पूर्व अध्यक्ष जीवन बहादुर शाही र वर्तमान उपाध्यक्ष केशव पुरीले सम्बोधन गरे । उनीहरुले कार्यक्रमको सफलताको लागि शुभकामना पनि दिए ।कार्यक्रममा आलिया काफ्ले, दर्शिका महत, साया श्रेष्टले आकर्षक नृत्य प्रस्तुत गरेका थिए   भने बाबुराम भुषाल र गङ्गा प्रसाद घिमिरेले सुमधुर स्वरमा गायन प्रस्तुत गरेर थप मनोरंजन प्रदान गरे । कार्यक्रमको मुख्य आकर्षणका रूपमा नाट्क सम्वाद केशव भट्टराई र आविष्कार बास्तोलाको रहेको थियो ।

दुई चरणमा सम्पन्न उक्त कार्यक्रममा खुल्ला सत्रको समापनको घोषणा गर्ने क्रममा सभाध्यक्ष जितेन्द्र विक्रम शाहीले नर्बेको आगामी कार्ययोजनाको प्रकाश पार्दै नेजस नर्बेलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै प्रमुख अतिथि बिरेन्द्र सिह कार्कीले नेपाली काँग्रेसले भोग्नु परेको पराजयको समीक्षा गरी  उचित सल्हाह र सुझाव केन्द्रीय कार्यसमितिलाई दिनका लागी युरोप स्थरीय भेलाको आयोजना गर्ने र त्यसको आयोजन नर्बे, स्बिडेन र डेनमार्कले गर्नुपर्ने बताए । बक्ताका रूपमा नेजस डेनमार्कका उपाध्यक्ष गोविन्द पौडेल र सदस्य ऐबं खेलकुद सम्योजन श्रीहर सिलवालले नेजस नर्बेको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रमको दोस्रो चरण बन्द सत्र नेजस नर्बेका सह कोषाध्यक्ष राजन गौचनले नेजस नर्बेले यस एक वर्षभित्र गरेको आम्दनी र खर्चको व्याख्या गरेका थिए ।कार्यक्रममा नेजस नर्बेको देउसी भैलो कलाकार, सहभागी , भलिबल र डोरि तान्ने खेलमा विजय प्राप्त गर्ने खेलाडी एवं कार्यक्रमका कलाकारलाई प्रशंसा पत्र सहित मायाको चिनो प्रदान गरिएको थियो ।