३१ मार्च २०१८ मा नेपाली जनसम्पर्क समिति मकाउको तेस्रो अधिवेशन हुने। - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

३१ मार्च २०१८ मा नेपाली जनसम्पर्क समिति मकाउको तेस्रो अधिवेशन हुने।



कर्ण अधिकारी मकाउ,चीन।

राष्ट्रियता,लोकतन्त्र र समाजवादको महान् वाणीलाई आत्मसात् गर्दै अगाडी बढेको नेपाली काँग्रेसको विदेश स्थित संस्था नेपाली जनसम्पर्क समिति मकाउको तेस्रो अधिवेशन ३१ मार्च २०१८ मा भेनिसियन होटेल स्थित क्याफेडेको रेस्टुरेन्टको हलमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य,सांसद,पूर्व स्वास्थ्य मन्त्री एवं युवा नेता गगन कुमार थापाको प्रमुख आथित्यमा हुनेछ।

उक्त कार्यक्रममा गगन कुमार थापासँग मकाउमा कार्यरत र बसोबास गर्दै आएका नेपालीहरूलाई अन्तरक्रिया गर्ने समय पनि उपलब्ध गराइएको हुँदा उक्त कार्यक्रममा नेपाली काँग्रेसका बिचार धारा बोकेका वा अन्य बिचार धारामा हिँड्नु भएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा नेपाली जनसम्पर्क समिति मकाउ हार्दिक अनुरोध गर्दछौ।

तपशील
मिति :२०१८/३/३१ तारीक शनिवार।
समय:बेलुकी ५:३० बजे।
स्थान:भेनिशियन होटेल स्थित क्याफे डे’को रेस्टुरेन्ट।