नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्दै गणेश मल्ल, फिल्मको ओभरसिज राइट किन्दै - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्दै गणेश मल्ल, फिल्मको ओभरसिज राइट किन्दै



हेमन्त न्यौपाने

काठमाडौं । नेपाली चलचित्रलाई विदेशमा प्रदर्शन गराई नेपाली सिनेजगतलाई विश्वव्यापी प्रदर्शन सुरुगर्ने गणेश मल्ल ठकुरीले आफ्नो ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर कम्पनी मार्फत फिल्मको ओभरसिज राइट किनेर विश्वका विभिन्न देशमा फिल्म प्रदर्शन सुरु गरेका छन ।

केहिबर्षयता नेपाली फिल्मको व्यापार विदेशमा पनि फस्टाउँदै गएको छ । अलि फरक विषय र प्रस्तुतिका फिल्मको विदेशी बजारमा समेत राम्रो माग हुने गरेको छ । यही कुरालाई मध्यनजर गरी गणेश मल्ल ठकुरीले नेपाली फिल्मलाई विभिन्न देशमा प्रदर्शन तथा वितरण गर्ने कार्य सुरु गरेका छन् ।

फिल्म व्यवसायप्रतिको उत्कट लगावका कारण पहिलो चरणमा जापान, अष्ट्रेलिया, हङकङ, कोरिया, सिंगापुरलगायत देशमा प्रदर्शन अधिकार खरिद गर्नसुरु गरेको उनि बताउँछन् ।

‘नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने जमर्काे पनि हो,’ उनी भन्छन्, ‘अलि मौलिक कथा र प्रस्तुतिका फिल्मलाई प्राथमिकतामा राख्छु ।’ गणेशले आफ्नो कम्पनी ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टरमार्फत फिल्म प्रदर्शन अधिकार किन्न थालेका हुन् ।

पहिलो चरणमा ‘नेप्टे’ र ‘काव्या’ फिल्मको अस्टेलिया प्रदर्शन अधिकार किनेको बताउने गणेश भन्छन्, ‘म फिक्समा फिल्म किन्छु, जसले गर्दा निर्मातालाई कुनै तनाव हुन्न ।’

निकट भविष्यमा फिल्म निर्माणसमेत गर्ने योजनामा रहेका गणेश अरू केही फिल्मको पनि ओभरसिज राइट लिने पहलमा छन् । ‘मेरो लक्ष्य त धेरैभन्दा धेरै फिल्म किनूँ भन्ने हो,’ उनी भन्छन्, ‘ओभरसिजमा मेरो राम्रो कनेक्सन छ । त्यसैले म यसलाई व्यावसायिक तबरले अघि बढाउन चाहन्छु ।’