नेपाली कांग्रेसका प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाली कांग्रेसका प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी



8काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी सुरुवात गरेको छ ।

नेपाली कांग्रेसका प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् । उनले २०६४ साल र २०७० सालमा पनि काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए ।

काठमाडौं १ बाट विवेकशील साझाका रविन्द्र मिश्रलाई ८सय भन्दा बढी मतान्तरले हराउँदै कांग्रेसका प्रकाशमान सिंह विजयी भएका हुन्। उनले १०९३६ मत ल्याएका छन्। मिश्रले १०२१७ मत मात्र ल्याएका छन्।

काठमाडौं १ मा विवेकशिल साझाका उम्मेद्वार मिश्रको पराजयसँगै साझा विवेकशिलको राष्ट्रिय दल बन्ने बाटो बन्द भएको छ ।