२५  प्रतियोगीलाई उछिन्दै नेपाली चेलीले भारतमा जितिन ताज ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

२५  प्रतियोगीलाई उछिन्दै नेपाली चेलीले भारतमा जितिन ताज !



इन्द्र कमल जैरु /नयाँ दिल्ली

लामो समयदेखि भारतको राजधानी दिल्लीमा बस्दै आएकी एक नेपालीले सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै ताज जित्न सफल भएकी छिन । मूल रूपमा महोत्तरी जिल्लाको बर्दीवासकी स्थायी बासिन्दा ४३  वर्षीया सुमित्रा भट्टराई थापाले प्रतियोगिताका २५  प्रतियोगीलाई उछिन्दै मिसेज इण्डो-इन्टरनेशनल एभिक इन्डिया २०१८  को ताज जितेकी हुन ।

जीतसँगै उनले सफलताको लागि कुनै उमेरको सीमा हुँदैन भन्ने पनि उदाहरण प्रस्तुत गरेकी छिन । वाइल्ड कार्डबाट प्रतियोगितामा समावेश भएकी सुमित्राले आफूले नेपाललाई नै प्रतिनिधित्व गरेका कारण निर्णायकहरूले आफूलाई नेपालका विशेषता र नेपाल-भारत सम्बन्धका बारेमा कयौँ प्रश्न गरेको पनि सुनाइन ।

अप्रिलमा अडिसनबाट सुरु भएको प्रतियोगितामा सुमित्राले अगस्तमा वाइल्ड कार्डबाट प्रवेश पाएकी थिइन । करिब ६  महिना चलेको प्रतियोगिताको फाइनल गत ९  सेप्टेम्बमा दिल्लीनजिक जीटी कर्नाल रोडस्थित मोहन विलास होटेल एन्ड रिसोर्टमा सम्पन्न भएको थियो । फाइनलमा रहेका २५  प्रतियोगी मध्ये सुमित्रा भट्टराई थापाले मिसेज इण्डो-इन्टरनेशनल एभिक इन्डिया २०१८  को ताज जितेकी हुन ।

वैवाहिक जीवनमा बाँधिएको २६  वर्ष पश्चात् सुमित्राले घरपरिवारको सहयोगमा आफूले जीवनमा चाहेका काम पूरा गर्ने अठोट गरेकी छिन । त्यसै क्रममा सुमित्राले२  वर्षअघि देखि बाँकी अध्ययनलाई पनि निरन्तरता दिएकी छिन । र प्रतियोगितामा पाएको सफलताले नेपाललाई पनि चिनाउन पाएकोमा खुसी व्यक्त गरेकी छन् ।