आजदेखि पाँच सयको नयाँ नोट बजारमा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आजदेखि पाँच सयको नयाँ नोट बजारमा



नेपाल राष्ट्र बैंकले आजबाट रु ५ सयको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १२ गतेबाट रु ५ सयको नयाँ नोट चलनलल्तीमा ल्याउन लागेको जनाएको हो ।
साविककै आकार तथा रङमा आउने नयाँ नोटमा साविकको २ वटा बाघको साटो एउटामात्रै पाटे बाघको चित्र हुनेछ । साथै बैंकले यसअघि चलन चल्तीमा रहेका नोटहरुपनि यथावत राखेको जनाएको छ ।

जसको संकेत नं ङ/४६०००००१ देखि छ/४०९९९९९९सम्म रहने छ । त्यस्तै नोटको अग्रभागमा बायाँतर्फ सगरमाथा हिमालको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको र तल्लो भागमा गर्भनर चिरंजीवि नेपालको दस्तखत रहेको हुने मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

उक्त नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा विसं २०७३ लेखिएको हुनेछ । ३.५ मिमि चौडा भएको रंग परिवर्तन हुने नोटलाई सिधा हेर्दा रातो देखिने र ढल्काएर हेर्दा हरियो रङ देखिने छ ।