लुम्बिनी यात्रिजको पहिलो हार; रोल्पा गोरिल्लाज ४ रनले विजयी - Himal Post Himal Post
  • २६ मंसिर २०८१, बुधबार
  •      Wed Dec 11 2024
Logo

लुम्बिनी यात्रिजको पहिलो हार; रोल्पा गोरिल्लाज ४ रनले विजयी



नेपालगन्ज- नेपालगन्जमा जारी नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको सातौँ दिनको पहिलो खेलमा लुम्बिनी यात्रिजलाई ४ रनले पराजित गर्दै रोल्पा गोरिल्लाजले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । गोरिल्लाजका लागि २३ रन प्रहार गर्दै २ विकेट समेत लिएका भिम सार्की खेलको म्यान अफ द म्याच घोषित भए ।

१ सय ४२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा लुम्बिनी यात्रिजले १९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाएर विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन सक्यो । यात्रिजका लागि कृष्ण कार्कीले ३० बलमा सर्वाधिक ३५ रन प्रहार गरे । अन्य ब्याट्सम्यानहरु बिशाल खत्रीले २८ बलमा २० , कुशल मल्लले १४ बलमा २०, अफाक शेखले ४ बलमा ४, बाशिर अहमदले २० बलमा २४, मनोज यादवले ४ बलमा १, सोम शर्माले ८ बलमा ३ रन र निजामुदिन हालवाईले १० बलमा १० रन प्रहार गरे भने कुनै बल नखेलेका सुनिल सुनार नटआउट रहे।

रोल्पा गोरिल्लाजका लागि वसन्त कार्की र भिम सार्कीले २-२ विकेट लिए भने नन्दन यादव, विनोद लामा र आकाश थापा पनि १-१ विकेट लिन सफल रहे ।

त्यसअघि टस जितेर ब्याटिङ् गर्ने निर्णय लिएको गोरिल्लाजले निर्धारित २० ओभर पुरा खेल्दै ७ विकेट गुमाएर १ सय ४१ बनाउन सफल भयो। गोरिल्लाजका लागि नन्दन यादबले ३५ बलमा ४० रनको पारी खेले । उनले २४ बलमा २७ रन प्रहार गरेका सौरभ खनालसँग मिलेर सुरुआति विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । गोरिल्लाजका लागि आकाश थापाले १८ बलमा २९, भिम शार्कीले २० बलमा २३ र प्रतिक गिरीले ६ बलमा १ रनको योगदान गरे भने रमेश सिंह १२ बलमा १५ र सुमन डाँगी १ बलमा १ रन प्रहार गर्दै नटआउट रहे ।

लुम्बिनी यात्रिजका लागि सोम शर्माले ३ विकेट लिए भने कृष्ण कार्की, बाशिर अहमद र निजामुदिन हलवाई १-१ विकेट लिन सफल भए । यस नितिजा पश्चात फाइनल पग्ने टोलीको टुंगो लाग्न भोलि हुने समुह चरणको अन्तिम दिनको खेलहरु नै कुर्न पर्ने भएको छ । प्रतियोगितामा गोरिल्लाजले ५ खेलमा ४ जित हात पारेको छ भने दंगाली गोर्खाज र लुम्बिनी यात्रिजको समान ४ खेलमा ३ जित रहेको छ ।