पृथ्वी जयन्तीका अवसरमा भोलि नेपालगन्ज उपमहानगरमा सार्वजनिक बिदा  - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

पृथ्वी जयन्तीका अवसरमा भोलि नेपालगन्ज उपमहानगरमा सार्वजनिक बिदा 



नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले पृथ्वी जयान्तीका अवसरमा बिदा दिने निर्णय गरेको छ।महानगरपालिकाको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

महानगरपालिकाको बिहीबार बसेको बैठकले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको महानगर प्रमुख डा. धवल शमशेर राणाले बताउनुभयो ।

महानगरले एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेकाले नगर कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालयहरू, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत उपमहानगरपालिका मातहतमा रहेका सम्पूर्ण बन्द रहने जनाएको छ।

शुक्रबार दुई सय ९७ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ।पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले विदा नदीएको भन्दै थुप्रैले सरकारको आलोचना समेत गरेका छन् । त्यसै विच नेपालगञ्ज उपमहानगरपालिकाको निर्णय प्रति सवैले साथ समेत दिएका छन् ।